जब गेलले विराट कोहलीलाई समेत झुक्याए

जब गेलले विराट कोहलीलाई समेत झुक्याए

ट्रिनिडाड ः  क्रिकेट दुनियाँमा युनिभर्सल बोसको उपमा पाएका वेस्ट इन्डिज क्रिकेट टोलीका खेलाडी क्रिस गेलको सन्यासको निर्णयले धेरैलाई झुक्याएको छ। विश्वकपपछि नै सन्यास लिने भनेका गेलले भारतसँगको सिरिजपछि सन्यास लिने भनेका थिए। बुधबार राति भारत र वेस्ट इन्डिजको खेल सुरु भएदेखि नै क्रिकेट समर्थक, क्रिकेट कमेन्टर, खेलाडीहरु, गेलका विश्वभरिका फ्यानले  उनको सन्यासबारे चर्चा गरिरहेका थिए। 

क्याराबियन राष्ट्र ट्रिनिडाडमा भएको भारत र वेस्ट इन्डिजबीचको खेल पटक–पटक प्रभावित भयो ३५ ओभरमा छोट्याइएको खेल बिहीबार बिहानसम्म धकेलियो। खेल ६ विकेटले भारतले जित्यो। एक दिवसीय श्रृंखला पनि भारतले आफ्नो पक्षमा पार्‍यो।

वेस्ट इन्डिजका लागि ओपनिङमा ब्याटिङ गर्न आएका गेलले सधैंझैं ४५ नम्बरको नभई ३०१ नम्बरको जर्सी पहिरिएका थिए। ३०१ उनको वेस्ट इन्डिजको टिमबाट खेलिएको एक दिवसीय खेल संख्या हो। गेलले आक्रामक प्रदर्शन गरे। ४१ बलमा ५ छक्का र ८ चौकासहित ७२ रन बनाई उनी आउट भए। 

आउट भएपछि  मैदानमा रहेका भारतीय खेलाडीसँग हात मिलाए। कप्तान विराट कोहलीसँग गला मिलाएर गेल मैदानबाट बिदा भए। मैदानबाट बाहिरिने क्रममा गेलले हेल्मेटलाई ब्याटमा उनेर दर्शकहरुलाई अभिवादन गरे। सबैलाई लागेको थियो वेस्ट इन्डिज टोलीका लागि यो उनको अन्तिम ब्याटिङ हो। स्डेडियममा रहेका दर्शक, वेस्ट इन्डिजका खेलाडी, भारतीय खेलाडी सबैले उनलाई उठेर ताली बजाउँदै समर्थन जनाए। यी सबै दृश्यले गेलको यो अन्तिम अन्तर्राष्ट्रिय खेल भएको संकेत गरिरहेका थिए। 

गेल क्रिजबाट बाहिरिएसँगै सामाजिक सञ्चालमा गेललाई मिस गर्ने भन्दै प्रतिकृया आउन थाले। गेलको सन्याससँगै क्रिकेटको एक युगको अन्त्य भएको भन्ने खालका प्रतिकृया निरन्तर आइरहेका थिए। बिहीबार बिहान खेल सकिएसँगै गेलको सन्यासबारे समाचारहरु आए। उनको रेकर्ड योगदानहरुको चर्चा गर्दै बिदाईको धेरै खबर आए।

गेलले विश्वकप पछिको एक पत्रकार सम्मेलनमै भारविरुद्धको सिरिजपछि सन्यास लिने घोषणा गरेका थिए । भारत विरुद्ध उनी । टी-२० र टेस्टका लागि भने टोलीमा छनोट भएनन् । 

काेहली पनि  अन्योलमा

अरू मात्रै नभएर भारतीय कप्तान विराट कोहली पनि गेलको निर्णयबारे झुक्किए ।  खेलपछि प्रतिक्रिया दिनेक्रममा कोहलीले पनि गेलले बिदा लिएको ठानी उनको योगदानको चर्चा गरेका थिए। गेलको योेजनाप्रति अन्जान कोहलीले आइपीएलको टिममा सँगै रहँदा गेलसँग विताएका क्षणहरु सम्झँदै भावुक  भएका थिए। 

‘म एकदम भाग्यशाली रहें की मैले उनीजस्ता असल साथीसँग धेरै समय बिताउन पाएँ’ कोहलीले भनेका थिए। ‘उनको बारेमा नजिकबाट जान्न पाएँ’।  उच्च दबाबमा पनि मुस्कुराउन सक्ने गेल मान्छेहरुका मणि भएको कोहलीले भनेका थिए।  वेस्ट इन्डिजका लागि करियरमा उत्कृष्ट क्रिकेट खेलेको भनी बिदाइको लागि धन्यवाद दिएका थिए। 

गेलल सबैलाई चकित बनाउँदै सन्यासको घोषणा नगरेको जानकारी दिए।  वेस्ट इन्डिज क्रिकेट बोर्डलाई दिएको छोटो प्रतिक्रियामा आफूले सन्यास नलिएको भन्ने अभिव्यक्ति दिए। गेलले यस पटक धेरैलाई झुक्याउँदै वेस्ट इन्डिजको क्रिकेटमा यथावत रहने घोषणा गरे। उनको बिदाईप्रति भावुक भएका समर्थक र क्रिकेटप्रेमिको आँखामा पुनः खुसी सञ्चार गराई दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.