तारादेवी र पुकार ‘स्ट्रङेस्ट खेलाडी’

तारादेवी र पुकार ‘स्ट्रङेस्ट खेलाडी’

काठमाडौं : महिलातर्फ नेपाल पुलिस क्लबकी तारादेवी पुन र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका पुकार गुरुङ तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको ‘स्ट्रङेस्ट्र खेलाडी’ घोषित भएका छन् । उनीहरूले स्ट्रङेस्टको ब्यानेटसँगै ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ सिनियरमा पुलिस क्लबका विकास थापा ‘बेस्ट लिफ्टर’ घोषित भए । पुरुषकै जुनियरमा प्रकाश केसी ‘बेस्ट लिफ्टर’ बने । महिलातर्फ सिनियरमा पुलिसकी संगीता राई र जुनियरमा सञ्जु चौधरी ‘बेस्ट लिफ्टर’ घोषित भए । पुरुषतर्फ बाँकेका तुषार बुढामगर र महिलातर्फ बर्दियाकी नन्दा थापामगर उदीयमान खेलाडी बने ।

प्रतियोगिताको पुरुष एक सय नौ केजीभन्दा माथिको तौलसमूहमा आर्मीका पुकारले तीनवटै विधामा राष्ट्रिय कीर्तिमान पनि बनाए । उनी आफैंले आठौं राष्ट्रिय खेलकुदमा बनाएको कीर्तिमान तोडेका हुन् । उनले आठौंमा स्नाचतर्फ एक सय २६ केजी, क्लिन एन्ड जर्कतर्फ एक सय ५० केजी र कुलमा दुई सय ७६ केजी तौल उचालेका थिए । उनले यसपटक स्न्याचमा एक सय २७ केजी, क्लिन एन्ड जर्कमा एक सय ५१ केजी र कुलमा दुई सय ७८ केजी भार उचाले । उक्त स्पर्धामा पुलिस क्लबका राजीव महर्जन दोस्रो भए ।

यसैगरी एक सय नौ केजी तौलसमूहको सिनियरमा पुलिसका सन्देश गुरुङले स्नाचमा एक सय ६ र क्लिन एन्ड जर्कमा एक सय ३५ गरि कुल दुई सय ४१ भार वहन गरे । यसअघि स्नाचमा उनकै नाममा एक सय केजीको कीर्तिमान रहेको थियो । सोही स्पर्धाको जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एन्ड जर्क र कुलमा कीर्तिमान बनाए । उनले क्लिन एन्ड जर्कमा सन्देशको नाममा रहेको एक सय ३८ केजीको कीर्तिमान सुधार गर्दै एक सय ४७ केजी र कुलमा पनि सन्देशकै नाममा रहेको दुई सय ३८ केजीको कीर्तिमानमा सुधार गर्दै दुई सय ४७ केजी तौल उचाले । सागरले स्नाचमा भने एक सय पाँच केजी भार वहन गरे ।

यसैगरी एक सय दुई केजी तौलसमूहमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै विधामा कीर्तिमान बनाए । उनले स्नाचमा एक सय तीन केजी, क्लिन एन्ड जर्कमा एक सय ३० केजी र कुलमा दुई सय ३३ केजी भार उचाले । यसअघि सागर भण्डारीले आठौंमा स्नाचमा एक सय दुई, क्लिन एन्ड जर्कमा एक सय २२ र कुलमा दुई सय २४ केजीको कीर्तिमान बनाएका थिए । उक्त स्पर्धामा रोशन विक दोस्रो भए ।

यसैगरी ९६ केजी तौलसमूहमा पुलिसका गगन चन्दले स्वर्ण, पुलिसकै        श्रीकृष्ण महर्जनले रजत र एपीएफका देवेन्द्र विकले कांस्य पदक हात पारे । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरूले जनही एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधिभरमा पुरुषतर्फ २४ र महिलातर्फ २३ वटा राष्ट्रिय कीर्तिमान कायम भए । प्रतियोगितामा करिब एक सयजना खेलाडीले ४० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।०००

‘स्ट्रङेस्ट्र खेलाडी’ घोषित भएकी तारादेवी पुन । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.