च्याब्रुङ सिक्दै लिम्बू युवा

च्याब्रुङ सिक्दै लिम्बू युवा

भद्रपुर : झापाको धुलाबारी चोक नजिकै रहेको एउटा घरको छतमा केही दिनदेखि केही युवा फरक शैलीमा नाचिरहेको देख्न सकिन्छ। वरिपरि युवाले घेरिएको एक व्यक्तिले माइक समातेका र नाचिरहेका युवालाई सम्झाउँदै गरेको देखिन्छ। नाचिरहेका युवामध्ये कसैले च्याब्रुङ बोकेका छन् त कसैले झ्याम्टा बजाइरहेका। कोही भने खाली हात नै विभिन्न तरिकाले नाचिरहेका देखिन्छन्।

नाचिरहेका युवाको समूहलाई नजिकबाट नियालिरहेका छन् किराँत याक्थुङ चुम्लुङ धुलाबारीका अगुवा। उक्त प्रशिक्षण कुनै प्रतियोगिताको तयारी नभई लिम्बू समुदायका नयाँ पुस्तालाई आफ्नो जातिको संस्कृति चिनाउने पहलका लागि च्याब्रुङ नाच प्रशिक्षण चलिरहेको हो।

किरात याक्थुङ चुम्लुङ मेचीनगर १० को पहलमा धुलाबारी क्षेत्रका लिम्बू समुदायका युवा युवतीलाई लिम्बू संस्कृतिबारे जानकारी गराउने उद्देश्यले च्याब्रुङ बजाउन सिकाउने एक महिने प्रशिक्षण यहाँ चलिरहेको छ। हरेक दिन अपराह्न ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षण दिन इलामको चुलाचुलीबाट पूर्णबहादुर चेम्जोङलाई प्रशिक्षकका रूपमा बोलाइएको छ।

‘युवामा लिम्बू जातिको पहिचान र संस्कृति सिकाउने उद्देश्यले च्याब्रुङ बजाउन सिकाउने तालिम सञ्चालन गरेको किराँत याक्थुङ चुम्लुङ मेचीनगर १० का अध्यक्ष टेकबीर नेम्बाङ बताउँछन्। आफ्नो संस्कृतिभित्रको विशेष महत्व बोकेको च्याब्रुङ बाजा बजाउन पाउँदा स्थानीय लिम्बू समुदायका युवा पनि निक्कै उत्साहित देखिन्छन्।

तालिममा सहभागी स्थानीय युवा मोनिका कुरुङम्बाङ आफ्नो जातिको बाजा बजाउन सिक्दै गर्दा निक्कै रमाइलो भइरहेको बताउँछिन्। कुरुङम्बाङले आफ्नो जातिको संस्कृतिबारे धेरै कुरा सिक्न पाएको अनुभव सुनाइन्। ‘आफ्नो जातिको विशेष पर्वमा अरूले च्याब्रुङ बजाएको देखे पनि आफूलाई बजाउन नआएको तर तालिम लिएपछि बजाउन सक्ने भएको छु’, तालिममा सहभागी अर्का युवा सनम लिम्बूले भने।

एक सयभन्दा बढी तरिकाले बजाउन सकिने च्याब्रुङ बाजाको एक महिनाको तालिम पछि १० प्रकारले बजाउन सक्ने प्रशिक्षक पूर्णबहादुर चेम्जोङ बताउँछन्। ‘तालिममा आएका युवायुवतीले रमाइलो मान्दै च्याब्रुङ बजाउन सिकिरहेका छन्’, चेम्जोङ भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.