संस्कृत दिवस : उपकुलपतिको फोन पनि उठेन !

संस्कृत दिवस : उपकुलपतिको फोन पनि उठेन !

काठमाडौं : जरोकिलो प्रतिष्ठानले बिहीबार आफ्नै कार्यालय जमलमा सानो जमघट गरी दोसो विश्व संस्कृत दिवस मनाएको छ। उता नेपाल संस्कृत विश्वविद्यालय भने संस्कृत दिवसबारे बेखबर रह्यो।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले भने, ‘गत वर्षदेखि नेपालमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो। तर जनैपूर्णिमा बिदाको अलमलले यसपालि संस्कृत दिवस मनाउन सकिएन।’ ढकालका अनुसार जनैपूर्णिमामा सरकारले बिदा दिएमा कार्यालय आउने कोही हुन्नन् भनेर संस्कृत दिवसको तयारी गरिएन। बिदा त भएन तर तयारी नहुँदा संस्कृत दिवस नै मनाउन सकिएन। ढकालले टेलिफोनमा भने, ‘उपकुलपतिज्यू पनि यहाँ (दाङ) हुनुहुन्नथ्यो। उहाँबाट पनि केही निर्देशन आएन। अब केही दिनमै संस्कृत दिवसका नाममा कार्यक्रम गर्ने सोच बनाउनुपर्ला।’ यसबारे प्रतिक्रिया बुझ्न उपकुलपति कुलप्रसाद कोइरालासँग सम्पर्क गर्दा फोन उठेन।

जरोकिलो प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीको पहलमा गत वर्ष साउन पूर्णिमाका दिन पहिलो विश्व संस्कृत दिवस विश्वभाषा क्याम्पसमा मनाइएको थियो। गत वर्ष त्रिवि केन्द्रीय संस्कृत विभाग, वाल्मीकि क्याम्पस, त्रिचन्द्र क्याम्पस दर्शनशास्त्र विभाग लगायत आयोजक थिए। पहिलो संस्कृत दिवसको कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइराला थिए। उनले अबदेखि प्रत्येक वर्ष विश्वविद्यालयबाट संस्कृत दिवस मनाउने प्रतिबद्धता गरेका थिए। तर दोस्रो वर्षमै संस्कृत विश्वविद्यालयले संस्कृत दिवसलाई वेबास्ता गरेको छ। प्रतिष्ठानका अध्यक्ष डा. अधिकारीले भने, ‘गत वर्ष संस्कृत विश्वविद्यालयसँग दिवस मनाउन सहकार्य गरिएको हो। यसपालि उहाँहरु आफैंले कार्यक्रम गर्नुहुन्छ भनेर सहकार्य गरिएन। तर कार्यक्रमलाई बेवास्ता गरेको देख्दा दुःख लाग्यो।’

काठमाडौंमा वाल्मीकि क्याम्पसमा संस्कृतमा शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तहको पढाइ हुन्छ। तर सो क्याम्पसले सूचना टाँसेर जनैपूर्णिमाको दिन साउन ३० मा शैक्षिक तथा प्रशासनिक बिदा दिने सूचना टाँस गरेको थियो। तर सोही दिन पर्ने संस्कृत दिवस मनाउने या शुभकामना दिने बेहोराको सूचना भने सूचना पाटीमा थिएन। बुधबार दिउँसो वाल्मीकि क्याम्पसको न्याय विभागमा एक्लो विद्यार्थीलाई न्याय विषय पढाइरहेका बैकुण्ठ घिमिरेले अन्नपूर्णसँग भने, ‘संस्कृत दिवस भारतमा मनाइन्छ। यहाँ नेपाल सरकारले यसबारे कुनै आधिकारिक निर्णय गरेको छैन। त्यसैले संस्कृत दिवस मनाउनुपर्छ भन्ने केही जरुरी छैन।’

संस्कृतमै भाषण

दोसो विश्व संस्कृत दिवसका अवसरमा उद्घोषक र वक्ता प्रायः सबैले संस्कृत भाषामै भाषण गरे। कार्यक्रममा उपस्थित एपीवानका समाचार संयोजक टीकाराम यात्रीले नेपाली भाषामा विचार राख्दै भने, ‘एपीवानमा संस्कृतमै नाम रहेको तमसोमा ज्योतिर्गमय कार्यक्रम सञ्चालन गर्ने भएकाले आयोजकले मलाई निम्त्याएको हुनुपर्छ। अर्को वर्षको दिवसमा म पनि संस्कृतमै विचार राख्ने कोसिस गर्नेछु।’

कार्यक्रममा जरोकिलोका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले सबैलाई स्वागत गर्दै भने, ‘हिन्दु मात्रै होइन, बौद्ध, जैन, सिख यी चार धार्मिक समुदायको मूल भाषा संस्कृत भएकाले यसको संरक्षण हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.