ताप्लेजुङमा निकालियो ख्याग
ताप्लेजुङ : नेवार समुदायले ताप्लेजुङमा पनि गाईजात्रा पर्व मनाएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा ख्याग निकालेर गाईजात्रा मनाइएको हो। नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको ख्याग र लाखेनाचसहित फुङलिङ बजार परिक्रमा गरिएको थियो।
मृत्यु भएको एक वर्ष नपुगेका फुङलिङ नगरपालिका-५ का गणेशबहादुर श्रेष्ठको ख्याग निकालिएको समाजका अध्यक्ष निरोज श्रेष्ठले बताए। रामायणको झल्को दिने गरी मृतकको सम्झानामा पाण्डव र गाईको स्वरुपमा कन्या निस्किएका थिए। यसरी परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको श्रेष्ठले बताए।
गाईजात्राको कार्यक्रममा नेवारसहित लिम्बू, राई, क्षेत्री, बाहुन, शेर्पालगायत सबै समुदाय सहभागी थिए। ख्यागलाई फुङलिङ ६ को हिरेवा पहिरोमा लगेर सेलाइने श्रेष्ठले बताए।