हावाहुरीले मकै सखाप
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न ठाउँमा पानीसँगै आएको हावाहुरीले मकैबालीमा ठूलो क्षति पुर्याएको छ। नलगाड नगरपालिका–४ को मानचौर, कोठीगाउँ, चच्चुलाइना, पाटा, सार्कीवारा, माझगाउँ, ओवाचौर, भेरीखर्क, मायाडाडा, भातचिउरा, फुलचाउली, प्यारघारा, सिमा, औल, दारफाका, बाउेखोलाको मकैबाली क्षति भएको हो।
त्यसैगरी वडा नम्बर ६ को थाप्ला, गराग्ली, भारगाउँ, गर्छिनामा पनि मकै बाली नष्ट भएको छ । वडा नम्बर ५ को लविसा, ऐराडि, मुली, पारीगाउँ, पोख्रा, खनटाकुरा लगायतका गाउँका मकैबालीमा हावाहुरीले क्षति पुर्याएको हो । स्थानीयका अनुसार सबै गरी करिब ७ सय रोपनी जमिको मकैबालीमा क्षति पुगेको छ।
करीव सात सय रोपनी जमिनमा लगाएको मकैबाली हावाहुरीले नष्ट गरेको हो। नलगाड–४ मानचौरका गणेशबहादुर वलीको ७ रोपनी जग्गामा लगाएको मकै हावाहुरीले सखाप बनाएपछि निकै चिन्तामा परेका छन् । घोगा लाग्न थालेको मकैबाली नष्ट हुँदा ७ जनाको परिवारलाई के खुवाएर चिनतामा उनको परिवार छ ।
सोही ठाँउका टिकाराम रावल पनि मकैबाली नष्ट भएको पिरालो मै छन् । अघिल्ला वर्षमा कबिर २० मुरी मकै। राहातको लागि पहल गर्न पीडित परिवारले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । नलगाडका वडा नम्बर ४, ५ र ६ का विभिन्न गाँउमा हावाहुरीले मकै ढालेर सखाप पारेको कृषि विकास शाखा दल्लीका प्रमुख महेश कुमार बिष्टले जानकारी दिए।
कृषि विकास उपशाखा दल्लीले कृषि प्राविधिक तथा प्रहरीको सहयोगमा मुचुल्कासहित क्षतिको विवरण संकलन गरिरहेको बिष्टले बताए । बर्षभरी खाना पुग्ने मकै सबै नष्ट भएपछि गाउँमा खाद्यन्न अभाव हुने स्थानीय बताउछन्। पीडित किसानलाई राहात उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग पहल गर्ने नगरप्रमुख टेकबहादुर रावलले प्रतिवद्धता जनाएका छन्।