हनिट्रयापमा पारेर ८ सय जना ठगी

हनिट्रयापमा पारेर ८ सय जना ठगी

भद्रपुर : क्यानडा लान्छु भनेर झापाका एक व्यक्तिले हनिट्रयापमा पारेर  ८०० भन्दा बढी व्यक्तिको रकम ठग्दै हिँडेको घटना बाहिरिएको छ। उक्त ठगी कार्यमा संग्लग्न व्यक्ति जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं. ७ बरगाछी वस्ने दुर्गाबहादुर खड्काको छोरा ३५ वर्षीय रामबहादुर खड्का रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

खड्काले सन् २०१२ देखि हालसम्म अन्दाजी ८०० भन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।  खड्का विरुद्ध झापाको ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टा मा उजुरी दिनेहरुको संख्या १०० भन्दा माथी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए। उनले खड्का झापा आएर बसेको आशंकामा अधिकांशले झापामा आएर उजुरी हालेका हुन्। 

खड्काले सन् २०१२ देखि नै ५ वटा फेक फेसबुक एकाउण्ट खोली एन आर एन ए का विभिन्न गतिविधि पोष्ट गर्ने गरेका थिए। त्यो सँगै आफ्नो जीउडालसंग मिल्दोजुल्दो हुलिया भएको क्यानडामा बस्ने एक युवकको फोटोहरु आफ्नो फेक फेसबुक वालमा अपलोड गरी अधिकांश स्टाटस तथा फोटोहरु टोरन्टो, क्यानडा बाट र विभिन्न युरोपियन, अमेरिकन मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोष्ट पनि गर्ने गरेका थिए। 

पिडीत बुटवलका सविन अर्याल भन्छन्, ‘फेसबुकमा साथी भएको ६ महिनामै भाइ तपाईंलाई दुख रहेछ। म क्यानडाबाट छुट्टीमा आएको छु अब दाजुभाई सँगै फर्किनुपर्छ है भनेको थियो। क्यानडामा यस्तो काम छ भनेर नि भिडियो देखाएको थियो। म झापा छु २ लाख पैसा लिएर काँकडभिट्टा आउनु भनेपछि म पैसा लिएर गएको थिएँ। गएकै दिनमा प्रहरीले पक्राउ गरेछ ’। 

अर्का काठमाडौँ घर भएका गुञ्जबहादुर पल्लीलाई खड्काले क्यानडामा मेरा बालबच्चाहरुको लागि गाउँको शुद्ध मह ल्याइदिनु है भनेका थिए। पल्लीले भने तपाईलाई कति दुख रहेछ भन्दै फकाउँथे। म २ लाख मात्र पैसा हालेर क्यानडा लान्छु बाँकी उतै पुगेर तिर्नुहोला भनेका थिए। पैसा दिन पनि झापा बोलाए। किन झापामा भन्दा म सिलिगुरी उपचार गरेर भारततिर बाटै जान्छु टिकट सस्तो पर्छ भन्थे। 

सविन गुञ्ज त प्रतिनिधि पात्र मात्र हुन् यसरी ठगिएकाको संख्या ८ सयको हाराहारीमा रहेको प्रहरीले बताएको छ। खड्काले पीडित व्यक्तिहरुको डकुमेन्टसँगै फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको पनि खुलेको छ  ।

खड्काले पिडित व्यक्तिहरुको नाम र नागरिकताको फोटोको दुरुपयोग गरेर सिम कार्डहरु लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी नायव उपरीक्षक थापाले बताए। 

उनको महेशजंग थापा, विश्वजीत थापा, आरभ थापा, उज्जवल थापा, प्रवीण थापा नामका फेसबुक आईडी छन्। उनले मेसेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेष गरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) संग सम्पर्क गर्ने गरेका थिए। यद्यपि उनले झापामा बसेर अन्य जिल्लाका व्यक्तिहरुलाई ठग्ने गरेको प्रहरी नायव उपरीक्षक थापाले अन्नपूर्णसँग भने। ८ सय मध्ये झापाका कोही पनि छैनन् सबै अन्य जिल्लाका छन्। 

खड्काले ती व्यक्तिहरुसंग आफ्नो पहिले काठमाण्डौ एयरपोर्टमा क्यानडा जाने सिलसिलामा भेटघाट र चिनजान भएको भनी भ्रममा पारी सम्पर्क गर्ने गरेका थिए। उनले आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको बताउने गरेका थिए। उतै बिहे गरी पिआरसमेत प्राप्त गरी सकेको र क्यानडामा आफ्नै लगानीमा २, ४ वटा क्याफे संचालन गरिराखेको भन्दै ठग्दै आएका थिए। 

आफुले कैयौँ नेपालीहरुलाई रोजगारी दिएको गैर आवासीय नेपाली संघ, क्यानडाको उच्चपदस्थ अधिकारीसमेत रहेको बताइ विश्वास जित्ने गरेको अनुसन्धानका क्रमममा खुलेको छ। 

खड्काले हाल आफू भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेकोले बाबुलाई क्यानडा लैजाँदा पीडित व्यक्तिहरुलाई स्पोनसर भिसाको व्यवस्था गराइ साथै लैजाने आश्वासन देखाइ पीडित परिवारका अन्य सदस्यहरुसंग समेत सम्पर्क बढाउने गर्थे। 

उनले दुतावासमा ४ लाख खर्च हुनेमा २ लाख आफू नै  सहयोग गरिदिने समेत भन्थे। आफुले हालिदिएको रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वस्त बनाएर २ लाख रुपैयाँको लगानीमै क्यानडा जान सकिने कुरा सबैलाई गर्दै हिँड्ने गरेको प्रहरीको अनुसन्धानमा बताइएको छ।  

खड्काले पीडित व्यक्तिहरुलाई दिल्ली स्थित क्यानडा दुतावासमा अन्र्तवार्ता दिन भारत सिलीगुरीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भन्ने गरेका थिए।  उनले झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारत पानीटंकीसम्म बोलाउने गर्थे। 

दुतावासमा अन्र्तवार्ता दिनको लागि सैलुनमा कपाल काट्न, फेसवास गर्न लाने गरेको र आफु भने सोही मौकामा पीडितहरुले ल्याएको पैसा मागी भारतीय मुद्रा(भारु) साटेर आउँछु भनेर पैसा लगेर फरार हुने गरेका थिए। त्यसपश्चात फेसबुकमा ब्लक् गरी मोबाइल फोन अफ गरी फरार हुने गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख थापाले बताए।

उक्त ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको सादा पोषाकको संयुक्त टोलीले काँकरभिट्टा बजारबाट लुकीछिपी बसिरहेको अवस्थामा साउन १९ गते पक्राउ गरेको थियो। उक्त घटनाको बारेमा भने प्रहरीले शुक्रबार मात्र जानकारी गराएको थियो। 

हाल उनलाई झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी ई.प्र.का. अनारमनीबाट अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोड अनारमनीका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.