पत्रकार अधिकारीको शव राजविराजमा

पत्रकार अधिकारीको शव राजविराजमा

राजविराज : स्कारपियो अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएका पत्रकार ४२ वर्षीय डायल्सन अधिकारीको शव राजविराज ल्याइएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साहास्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो। 

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको सप्तरी प्रहरीले जनाएको छ। उनी रेडियो नेपाल रुपन्देहीका संवाददाता थिए। 

रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको स्कारपियो शनिबार ९ः४५ बजे दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। 

अधिकारीका वृद्ध बुबा, श्रीमती, एक छोरा र एक छोरी छन्। उनका बुबा कपिलवस्तु र परिवार बुटवलमा बस्दै आएको छ। 

स्कारपियोमा सवार रुपेन्देही उद्योग वाणिज्य संघका अध्यक्ष झविन्द्रप्रसाद कँडेल, तिलोत्तमा नगरपालिका  १ र ५ का  वडाध्यक्ष रामनाथ पाण्डे  र सोहन चौधरी थारुसँगै चालकसमेत घाइते भएका छन्।  घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.