जमानतमा छुटेका बलात्कार आरोपित शिक्षक दुई महिनापछि पक्राउ

जमानतमा छुटेका बलात्कार आरोपित शिक्षक दुई महिनापछि पक्राउ

राजविराज : जमानतमा छुटेका बलात्कार आरोपित एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई महिनापछि नियन्त्रणमा लिएको छ। दाजुको जमानी र वडाध्यक्षको रोहबरमा छुटेका राजविराज नगरपालिका-११ फर्सेठका २७ वर्षीय तेजनारायण यादवलाई प्रहरीले हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। मुद्दा चलाइएका यादव सप्तरीको रुपनी गाउँपालिका २ पौवास्थित जेसीज आधारभूत विद्यालयका राहत शिक्षक हुन्।

घटना भने गत जेठ २१ गते रातिको हो। बिरामी दिदीको स्याहारका लागि घरमा बस्दै आएकी १८ वर्षीया पीडितलाई कोही नभएको बेला शिक्षक यादवले जबरजस्ती बलात्कार गरेको आरोप छ। 

घटनालगत्तै जेठ २२ गते पक्राउ परेपनि उनी जेठ २३ गते साँझ नै छुटेका थिए। राजनीतिक दलका नेताहरुले गाउँघरमा छलफल गरी आपसमा विवाह गराइ दिने विश्वासमा पारी आरोपितलाई जमानतमा छुटाएर लगेको प्रहरीले स्वीकारेको छ। प्रहरीका अनुसार उनका दाजु गजेन्द्र यादवको जमानत र वडा नम्बर ११ का वडाध्यक्ष सञ्जयकुमार यादवको रोहवरमा छाडिएको थियो।

बलात्कार आरोपित यादव जमानतमा छुटेपछि करिब दुई महिनाको प्रयासपछि बल्ल प्रहरी नियन्त्रणमा आएको पीडितका अभिभावकले बताए। पीडितले जिल्ला प्रहरी कार्यालयसमक्ष जेठ २४ गते दिएको उजुरी दर्ता नगरेको भन्दै प्रहरीविरुद्ध दायर गरेको रिटमाथि उच्च अदालत जनकपुर राजविराज इजलाशले असार १२ गते उजुरी दर्ता गर्न परमादेश जारी गरेपछि दर्ता भएको थियो।

त्यसअघि असार ५ गते पीडितले जिल्ला हुलाक कार्यालयमार्फत पठाएको उजुरी र जिल्ला सरकारी वकिल कार्यालयले असार ८ गते उजुरी दर्ता गर्न गरेको निर्देशन समेत नमानेपछि प्रहरीविरुद्ध परमादेशका लागि अदालतको शरणमा जानु परेको पीडितले बताइन्।

पीडितले उजुरी दर्ताका लागि असार २६ गते प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा समेत लिखित निवेदन दिँदै गुनासो गरेकी थिइन्। अदालतको परमादेश पछि पनि उजुरी दर्ता नहुँदा पीडित पक्षले प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम् डिआइजी प्रधुम्नकुमार कार्कीसमक्ष आपत्ती जनाएपछि साउन १३ गते जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ।

उजुरी दर्ता गरेपछि पीडितको साउन १३ गते मात्र स्वास्थ्य परिक्षण भएको छ। स्वास्थ्य परीक्षण गर्दा घटनाको ५६ दिन बितिसकेको छ। दुई दिन प्रहरी हिरासतमा रहेर जेठ २३ गते साँझ जमानतमा छुटेका यादवले जेठ २३ गते पनि विद्यालयमा हाँजिर गरेको विद्यालयको रजिष्टर्डमा देखिएको छ। लामो समयपछि मंगलबार विद्यालयमा हाजिर गर्न गएका उनलाई गाउँलेले फरार बलात्कार आरोपित भन्दै नियन्त्रणमा लिन खोजेपछि भागेको एक स्थानीयले बताए।

मंगलबार विद्यालयमा हाजिर गर्न गएको थाहा पाएपछि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय नआए पक्राउ गरी ल्याइने चेतावनी दिएपछि यादव स्वयं बुधबार कार्यालय आएको एसपी मनोजकुमार यादवले बताए। एसपी यादवका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.