प्रशासनको छड्के निरीक्षण : ९ अधिकृतसहित ५८ कर्मचारी अनुउपस्थित
मुस्ताङ: जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको निरीक्षण गरेको छ। निरीक्षणका क्रममा २१ वटा कार्यालयका ९ अधिकृतसहित ५८ सहायक दर्जाका कर्मचारी अनुउपस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रको नेतृत्वमा भएको कार्यालय निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यालय स्याउ जोनका प्रमुख सम्भुप्रसाद देव ,जलश्रोत तथा सिचाई सब-डिभिजन कार्यालयका प्रमुख वंशीहरी कोइराला र लेखा अधिकृत छैटौ तह मित्रबन्धु पौडेल,नापी कार्यालय प्रमुख मिथिलेस शाह ,कालिगण्डकी करिडोरका किरण सुवेदी, डिभिजन वन कार्यालय अधिकृत नारायणदत्त उपाध्याय, जिल्ला अस्पताल जोमसोम डक्टर प्रकाश नेपाली (अधिकृत आठौं) र दिनेशकुमार केशी (अधिकृत छैटौं) लगायतका कर्मचारी कार्यालयक समयमा अनुपस्थित रहेका हुन्।
प्रशासनले सिचाईं तथा सब-जलश्रोत, जिल्ला अस्पताल ,नापी ,नेपाल खाद्य संस्थान ,कालिगण्डकी करिडोर ,आयुर्वेद ,स्वाथ्य ,मालपोत ,हुलाक ,कारागार ,समन्वय समिति , डिभिजन बन ,कोलेनिका ,स्याउ जोन ,एक्याप ,घरेलु र कृषि ज्ञानकेन्द्र इकाइ लगायतमा निरीक्षण गरेको हो। निरीक्षणका क्रममा सम्बन्धित कार्यालयमा रहेका हाजिरी रजिस्टर समेत नियन्त्रणमा लिइएको थियो।
कार्यालय समयमा अनुउपस्थित कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रले जानकारी दिए।