इन्जिनियर घुससहित पक्राउ
काठमाडौं : बनेपा नगरपालिका ११ काभ्रेका सवइन्जिनियर (करार) आकाश श्रेष्ठ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाइ २५ हजार घुससहित पक्राउ गरेको हो।
उनले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि घुस लिएका थिए।
बनेपा नगरपालिका ८ नाला दोबाटो बनेपास्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।