उद्घाटन गर्ने भनेको पुल नदीले उखेलेपछि

उद्घाटन गर्ने भनेको पुल नदीले उखेलेपछि

मुस्ताङ : भदौ १ गते उद्घाटन तय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट स्थित छुसाङ–चैले पक्की मोटरेबल पुल कालिगण्डकी नदीले भत्काएको छ। पुल भत्किँदा उद्घाटन रोकिएको छ।

शुक्रवार राति कालिगण्डकी नदीको पानीको बहाव उच्च हुँदा बन्दै गरेको पुलको माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुगेको हो।

नदीले पुलको एप्रोज स्लाप जोड्ने वायाँतर्फको बिम नजिकको माटो खोतल्दै गएपछि क्षति पुगेको हो। करिडोरका इन्जिनियर अश्विनीकुमार यादवले भने, ‘पुल जोड्ने एप्रोज सडकमा व्यवस्थित रुपमा ग्याबिन लगाएर माटो फिलिङ गर्न पाएनौँ। बर्खाले नदीको बाहव उच्च भयो। काम चलाउ मात्रै गर्‍यौँ। त्यसैमा नदी कटान भयो।’

इन्जिनीयर यादवले केही दिनमै नदी डाईभर्सन गरी पुलको काम सम्पन्न गर्ने जानकारी दिए। नदीले क्षति गराएको स्थानमा पुनः काम गर्न करिडोरले ३ वटा डोजर परिचालन गरेर काम गर्दै आइरहेको उनले उल्लेख गरे।

उपल्लो मुस्ताङ तथा कोरलानाका जोड्ने उक्त महत्वपूर्ण पक्की पुल लोकल रोड ब्रिज प्रोग्राम एलआरबीपीले २०७१ सालमा सुरु गरेको हो। ४ करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाई ७६ मिटरको छ। जम्मा ५.५ मिटर चौडा सिङ्गल लेनको पुल सम्झौता अवधि ३ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको थिएन।

पुल निर्माणको काम चलिरहँदा पुलकै कारण कालिगण्डकी थुनिएपछि छुसाङ बस्ती र खेतियोग्य जमिनमा क्षति पुग्यो। गाउँले त्यसपछि पुलको काममा बाधा पुर्‍याएका थिए।

एप्रोज रोड र केही नदी तटबन्धको काम बीचैमा रोकिएको अवस्थामा जनप्रतिनिधि, स्थानीयले पुल सम्पन्न गर्नमा जोड दिए। असार २० गते छुसाङबासीसँग संयुक्त छलफल गरेर १ महिना भित्रै पुलको काम सम्पन्न गरेर दोहोरो आवागमन सुचारु गर्ने प्रतिवद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.