डाँगीहाट सेमिफाइनलमा

डाँगीहाट सेमिफाइनलमा

ताप्लेजुङ : डाँगीहाट फुटबल क्लब मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको खेलमा डाँगीहाटले बेलबारी फुटबल क्लब मोरङलाई १-० गोलले हरायो।

डाँगीहाटको जितमा ३३औं मिनेटमा विक्रम लिम्बूले गरेको गोल नै निर्णायक बन्यो। विपक्षी खेलाडीले फल गरेपछि कर्नर छेउबाट डाँगीहाटले फ्रिकिकको अवसर पाएको थियो। लिम्बूले सोही फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन। ७९औं मिनेटमा बेलबारीले बराबरी गोल फर्काउने सुन्दर अवसर बनाएको थियो। सुरेन खवासको हेड प्रहार क्रसबारमा लागेर फर्किएको थियो। 

डाँगीहाटकै अरुण लिम्बू म्यान अफ दी म्याच भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताअन्तर्गत सोमबार एलाभेन एरोज सुनसरी र यूकेएफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ। भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीले भाग लिएका थिए। प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.