अरुण खोलाको डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग ठप्प

अरुण खोलाको डाइभर्सन बगायो,  पूर्व-पश्चिम राजमार्ग ठप्प

नवलपरासी : पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प छ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ। 

सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ।  राजमार्ग खोल्ने प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। 

केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.