भाँचिएको पुल मर्मत नहुँदा सवारीसाधन अलपत्र

भाँचिएको पुल मर्मत नहुँदा सवारीसाधन अलपत्र

नवलपुर : पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्डमा पर्ने पूर्वी नवलपरासीको अरुणखोलाको पुल भाँचिएको ६ दिन बितिसक्दा पनि अझै मर्मत हुन सकेको छैन। पुल भाँचिएपछि डाइभर्सनबाट सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

तर आइतबार साँझदेखि खोलाले डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प छन्। बगाएको डाइभर्सन मर्मत गरेर सवारीसाधन सञ्चालन गरेको आधा घण्टामै पुन: सोमबार बिहान बगाएको छ। जसका कारण सयौं सवारीसाधन र हजारौं यात्रुहरु बीच सडकमै अलपत्र परेका छन्। ह्युप पाइप राखेर डाइभर्सन बनाइएको छ। वर्षाका कारण खोलामा पानी बढेपछि डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्र अधिकारीले बताए।

अहिले डोजर लगाएर मर्मतको काम गर्ने प्रयास भइरहेको छ। खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको छ। खोलामा पानी बढी रहेको छ। पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने उनले बताए। तत्काल डाइभर्सन बनाए पनि साना सवारीसाधन भने सञ्चालनमा आउन समस्या हुने प्रहरी निरीक्षक अधिकारीले बताए।

नयाँ बिच्छाइएको ग्राभेलमा साना सवारीसाधन सञ्चालन गर्न समस्या छ। सडक अवरुद्ध भएपछि अहिले २० किमिसम्म सवारीसाधन लामबद्ध भएर रोकिएका छन्। पूर्वतर्फ कावासोती र पश्चिमतर्फ दाउन्नेबाटै सवारीसाधन रोकिएका छन्। डाइभर्सन बन्न समय लाग्ने र बनेको डाइभर्सन पनि खोलाको पानीले बगाउने संभावना भएपछि बुटवलबाट पूर्व जाने र पश्चिमबाट पूर्व जाने सवारीसाधन पोखराहुँदै आवतजावत गर्न थालेका छन्।  

बुधबार पुल भाँचिएपछि प्राविधिको टोलीले बिहीबारदेखि मर्मतको काम सुरु गरेको थियो। पुलमा टेको लगाएर काम गरेका कारण खोलामा आउने बाढीले समस्या पारेको डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले जानकारी दिए। प्राविधिक बिहानदेखि रातिसम्म काममा खटिएको उनले बताए।

'खोलामा बाढी नआए शुक्रबार पुलबाट सवारीसाधन सञ्चालनमा ल्याउन सकिन्छ। तर बाढी आए भन्न सकिन्न,' उनले भने। पुलमा टेको लगाएर काम गरेकाले बाढी धेरै आए समस्या हुने उनले बताए। पुलमा ट्रक ठोकिदा पुलको 'भल्टिकल मेम्बर' भाँचिएको छ।जसका कारण पुलको एक भाग धसिएको छ।' 

पुलको कुनै एउटा 'भल्टिकल मेम्बर' भाँचिएपछि अरु मेम्बर पनि क्रमशः भाँचिने सम्भावना रहेकाले सबै मेम्बर पार्ट्सको मर्मत गर्नु पर्ने भएकाले अझैं समय लाग्ने प्राविधिकले जनाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.