रोबोटको कब्जा

रोबोटको कब्जा

विज्ञानको क्षेत्रमा केही समययता धेरै परिवर्तन आएको छ। पहिले रोबोटलाई मेसिनजस्तै साधन मानिन्थ्यो जसले निर्देशनअनुसार काम गथ्र्यो। अब रोबोट मानिस जसरी सोच्न सक्षम भएका छन्। यसको पछाडि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को योगदान छ।

यस्ता रोबोटले मानिस जस्तै कुरा गर्न सक्छन्। मानिसका प्रश्नको जवाफ दिन सक्छन्। तर, यी रोबोट भविष्यमा मानिसका लागि समस्या बन्न सक्छन्। अक्सफोर्ड युनिभर्सिटीको एक अनुसन्धानका अनुसार अबको दुई दशकमा अमेरिकामा ४७ प्रतिशत काम रोबोटले नै गर्नेछ। यसरी भविष्यमा रोबोटले कब्जा गर्न सक्ने क्षेत्रका बारेमा जानौं न !

डाटा म्यानेजमेन्ट /एकाउन्ट

एआईयुक्त रोबोटको कब्जा सबैभन्दा पहिले डाटा म्यानेजमेन्टको क्षेत्रमा हुनेछ। यदि तपाई एक्सलको काम गर्नुहुन्छ भने यस्तो काम रोबोटले सबैभन्दा पहिले आफ्नो हातमा लिनेछ।

रोबोटले एक्सेल र डाटा म्यानेजमेन्टको काम मानिसको तुलनामा धेरै राम्रोसँग गर्न सक्छन्। डाटा प्रोसेसिङको काम मानिसभन्दा मेसिनले राम्रो गर्न सक्छ। त्यसैले रोबोटलाई एकाउन्टिङको काममा पनि लगाउन सकिन्छ।

हेल्पर /सेल्सपर्सन/सप्लाई

यदि तपाईं सेल्सपर्सन हुनुहुन्छ वा सेल्सपर्सन बन्ने सोच्नुभएको छ भने सावधान हुनुहोस। किनकि रोबोटले भविष्यमा यो सबै काम गर्नेवाला छ। सप्लाईको काम रोबोटले पहिलेबाटै गर्दै आएको छ। कतै कतै रोेबोटले सेल्सपर्र्सनको काम पनि गरिरहेको छ। कुनै एयरपोर्टमा रोबोटले यात्रीहरूलाई स्वागत गरिरहेको छ र उनीहरूको मद्दत पनि गरिरहेको छ।

रिपोटर्र/राइटर/पत्रकार/ लेखक

रचनात्मक लेख लेख्न सजिलो छैन। तर रिपोर्ट लेख्न रचनात्मक कामभन्दा अलि सजिलो छ। लेखेको कुरा पढ्न रोबोटको लागि धेरै सजिलो छ। चीनमा एउटा रोबोटले समाचार पनि वाचन गर्छ। अमेरिकामा भविष्यमा रोबोटले सिर्जनात्मक लेखनको काम पनि गर्ने एक अनुसन्धानमा जनाइएको छ।

मेडिकल क्षेत्र

रोबोटले सर्जरी जस्तो डाक्टरको काम पनि गर्न थालेका छन्। कुनै रोबोटले सफल सर्जरी पनि गरेका छन्। आउने समयमा मेडिकलको क्षेत्रमा रोबोटको कब्जा हुने अनुसन्धानले देखाएको छ।

अफिसको काम

केही समययता रोबोटले अफिसको काम पनि गरिरहेका छन्। किनकि मानिसभन्दा रोबोटले अफिसको काम छिटो गर्न सक्छन्। कुनै ठाउँमा लाइबे्ररीदेखि अफिससम्मको काम रोबोटले नै गर्छन्। भविष्यमा कल सेन्टरमा काम गर्ने मानिसलाई हटाएर रोबोट राखिनेछ। रोबोटले नै ग्राहकहरूको समस्या सुनेर समाधान गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.