मुसा र कुकुरको खेल

मुसा र कुकुरको खेल

यो कार्टुन पाँच सिजनमा देखाइएको थियो भने यसका तीन सय ५१ एपिसोड रहेका छन्।


पक्डम पक्डाई कार्टुनलाई अन्तर्राष्ट्रिय रूपमा ¥याट ए–ट्याट नामले चिनिन्छ। यो एक भारतीय एनिमेटेड कमेडी कार्टुन शृंखला हो। यो अगी एन्ड कक्रोचेज नामको कार्टुनबाट प्रभावित छ।

डग्गी डन सानो पिंक कलरको कुकुर हो। उसलाई उसको जेठो दाइ कर्नलले मोटु (मार्ली), छोटु (चार्ली) र लाम्बु (लैरी) नामको तीन मुसासँग लड्न मद्दत गर्छ। छोटु चुहा पार्टीको नेता हो। यी पात्रहरूसँग एउटा ठूलो कुकुर पनि देखा पर्छ। यसको नाम बुल्लु रोक्स हो।

डग्गी डन अगीबाट, छोटु जोईबाट, मोटु डीडीबाट, लम्बु मार्किबाट, क्लोनेल ज्याक र बल्लु बब द बुलडगबाट प्रेरित छन्। यो कार्टुनको पहिलो सो ‘डग्गी म्यान भिएस बिल्ली म्यान’ को नाममा निक च्यानलमा सन् २०१४ मा प्रसारित भएको थियो। यसको सिक्वेल ओसन एट्याक सोनिकमा सन् २०१५ मा प्रसारित भएको थियो।

यस कार्टुनका पात्रहरूमा कुकुर, मुसा र मानिस रहेका छन्। पहिले कुकुरहरूको बारेमा जानौं।

कुकुरहरू

डगी डन– डगी डन एक कुकुर हो। उसलाई सामान्यतया मुसाहरूसँग रिस उठ्छ। उसका दिनहरू सधैं मुसाहरूबाट बर्बाद हुन्छन्। त्यसकारण ऊ जहिले पनि मुसाहरूसँग बदला लिने योजना बनाउँछ। तर, आफूले बनाएको योजनामा ऊ विरलै सफल हुन्छ। ऊ धेरै बुद्धिमान तर अल्छि पनि छ। उसको घरमा एउटा प्रयोगशाला पनि छ।

कर्नल– ऊ डनको जेठो भाइ हो। ऊ आक्रमक छ। ऊ हरियो रङको छ। ऊ टोपी, सेतो पञ्जाका साथ कार्टुनमा देखा पर्छ। ऊ एक तालिम प्राप्त सिपाही पनि हो। ऊ अहकांरी र कडा स्वभावको छ। मुसाहरूको व्यवहारलाई नियन्त्रण गर्न उसले डनलाई सधैं सहयोग गर्छ।

बल्लु रक्स– ऊ अर्काे ढोकामा बस्छ। उसको र कर्नलको उमेर समान छ।

मेजर साब– ऊ एक सेतो रङको बुलडग हो। उसको बुबा एक हेलिकप्टर विस्फोटमा मारिएका हुन्छन्। डगीका दाजुभाइले मेजर साबलाई अपनाए। दुवै कुकुर दाजुभाइको तुलनामा ऊ आकार र उमेरमा सानो छ। उसलाई अत्यन्त भोक लाग्छ। कहिलेकाहीँ उसलाई उसको समूहको मोटो कुकुरसँग पनि तुलना गरिन्छ।

मुसाहरू

छोटु चार्ली– ऊ चुहा पार्टीको नेता हो। ऊ अरु मुसामध्ये सबैभन्दा पुरानो र चञ्चल स्वभावको छ। उसले चस्मा लगाउँछ। उसलाई प्रतिभाशाली मुसाको रूपमा पनि मानिन्छ। किनकि एपिसोडको अन्त्यमा आफ्नो टिमसँग सधैं उसले नै जित्छ। उसको डगी डनसँग प्रतिस्पर्धा हुन्छ।

लाम्बु लैरी– ऊ पर्पल कलरको छ। उसले ठट्टा गर्छ। उसको कर्नलसँग प्रतिस्पर्धा हुन्छ।

मोटु मार्ली– ऊ खैरो नीलो रङको छ। उसले सधैं खानको लागि बाटो खोज्छ।। ऊ चुहा पार्टीको सबैभन्दा कान्छो सदस्य हो। उसको मेजर साबसँग प्रतिस्पर्धा हुन्छ।

मानिस

डाक्टर साहेब– उनी कुकुर भाइहरूको बाल रोग चिकित्सक हुन्। उनी आर्मी क्याम्प, पुलिस स्टेसन, कुकुर भाइहरूको स्कुलमा उनी पुग्छन्।

नाना– उनी सोको कथाकार हुन्। उक्त कथा हिन्दीमा मात्र हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.