खहरे उर्लिदाँ बीच खोलामै रोकिन्छन् सवारी साधन

खहरे उर्लिदाँ बीच खोलामै रोकिन्छन् सवारी साधन

बेसीशहर : आइतबारदेखि भएको वर्षाले खहरे खोलामा बाढी आउँदा सवारी साधन आवागमनमा समस्या भएको छ। डुम्रे-बेसीशहर सडकखण्डमा पर्ने खहरे खोला उर्लिदा सवारी साधनले सास्ती खेप्नु परेको हो।

खोलामा बाढी आएपछि सवारी साधनको आवागमन रोकिने गरेको छ। सवारीले खोला तर्न नसकेपछि यात्रु अलपत्र पर्ने गरेका छन्। केही सवारीसाधन खोलाको बीचमै अडकिने गरेका छन्। रोकिएका सवारी साधन खोला घटेपछि गन्तव्यतर्फ जान्छन्।

बेसीसहरदेखि लमजुङ र तनहुँको सिमाना पाउँदीसम्मको ठाउँठाउँमा सडक अवरुद्ध हुने गरेको छ। बेसीशहर-चामे सडक खण्डको बेसीशहर पुमा खोलामा पनि सवारी साधनले सास्ती भोग्नुपरेको छ।

केही चालकले सवारीलाई जबरजस्ती बाढीमा हाल्ने गरेको छन्। बाढीमा सवारी हाल्दा इन्जिन बिग्रने गरेको चालकले बताए।

खहरे खोलाहरु उर्लिंदा सदरमुकाम बेसीसहरदेखि तनहुँ डुम्रेसम्मको मुख्य सडक सधैं अवरुद्ध हुने गरेको छ। पानी पर्न छोडेपछि बाढी कम हुँदा अग्ला गाडीहरु वारपार गर्न सक्छन्। बाढी आएपछि ट्याक्सी, माइक्रोबस, मोटरसाइकल लगायतका सवारी साधन खोला तर्न नसक्ने ट्राफिक प्रहरीले जनाएको छ। 

काठमाडौं, पोखरा, चितवनलगायत ठाउँबाट आएका सवारी साधन तथा यात्रु समयमा गन्तव्यमा पुग्न नसक्दा अलपत्र पर्ने गरेका छन्। 

कतिपय यात्रु पैदल हिँडेर जान बाध्य छन्। पानी परेपछि सुन्दरबजार, दुराडाँडा, दुईपिप्ले, भोर्लेटारलगायत दक्षिणपश्चिम लमजुङ जानेआउने सवारी साधन, तार्कुघाट, धमिलिकुवा, चक्रतीर्थ, चिती, नौथर शेरालगायत पूर्वी लमजुङ जाने आउने सवारी साधन रोकिने गरेका छन्। खोलामा पुल नहुँदा बाढीले सधैजसो सवारी साधन रोकिने गरेको चालक बताउँछन्।

बेसीसहरदेखि पाउँदीसम्म झन्डै १७ किलोमिटर छ। सडकमा एक दर्जन बढी साना ठूला खहरे खोला छन्। पानी पर्ने वित्तिकै ती खोला उर्लिने गर्छन्। सडकको ठाउँठाउँमा पहिरो गइरहने भएकाले पनि सडक अवरुद्ध हुने गरेको सवारी चालकले बताए।'पानी पर्नासाथ खोलामा ढुङ्गाहरु गडुल्किएर आउनेगर्छन्। मोटरसाइकल चालक सुवास अधिकारी भन्छन्, 'पानी नघट्दासम्म सडकमै बस्नुपर्ने हुन्छ।'

बेसीशहरदेखि पाउँदीसम्म करिब १७ किलोमिटर सडक खण्डमा १६ वटा सानाठूला खहरे खोला छन् । सो सडकखण्डमा पर्ने भकुण्डेको खहरेखोला, रानीकुवा, भोटेओडारको जिमित्री खोला, गैरीको ठाडो खोला, उदीपुरको चिप्लेटीलगायत खहरे खोलामा आउने बाढीले सवारीसाधन आवतजावतमा धेरै समस्या हुँदै आएको छ। 'पानी परेको बेला बेसीशहरबाट पाउँदी पुग्नै धौधौ हुन्छ, 'माइक्रोबस चालक हरिराम धितालले भने, 'खोलामा कुरेर बस्नुबाहेक केही विकल्पै हुँदैन।' यस्ता खहरे खोला नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले सुझाए।

सडक स्तरोन्नती र खहरेमा कल्भर्ट निर्माणका लागि प्रत्येक साल सडक विभागले बजेट छुट्टाउने गरेको छ। तर, जिम्मेवारी लिएको निर्माण कम्पनीले राम्रो काम नगर्दा वर्षौदेखि समस्या ज्यूँकात्यूँ रहेको जिल्लाबासी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.