महिला बालबालिका हराउँछन्, भेटिँदैनन्

महिला बालबालिका हराउँछन्, भेटिँदैनन्

बेसीशहर : बेसीसहर नगरपालिकाका–८ फुलबारी चोककी अमृता श्रेष्ठ साउन २ गतेदेखी परिवारको सम्पर्कमा छैनन् । उनी अहिलेसम्म फेला परेकी छैनन् । लामो समयसम्म सम्पर्कमा नआएपछि खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

राइनस नगरपालिका–१० की २८ वर्षीया लक्ष्मी गुरुङ पनि परिवारको सम्पर्कमा छैनन् । दुई छोरा र छोरी घरमै छाडेर हिँडेकी लक्ष्मीको अहिलेसम्म अत्तोपत्तो छैन । उनी फर्केर आउँछिन् कि भनेर परिवारका सदस्यले लामो प्रतिक्षा गरे । सम्भावित ठाउँमा खोजतलास पनि गरे । तर, कुनै खबर नपाएपछि परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

राइनसकै २७ बर्षिया सरस्वती भुजेल पनि गत वर्षको जेठ ९ मा घरबाट माइत हिडेकोमा अझै घर फर्किएकी छैनन् । सोधीखोजी गर्दा पत्तो नलागेपछि ससुरा हरिबहादुरले जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिएका छन् ।

गोरखा पालुङटार नगरपालिकाका १६ वर्षीय नौलो गुरुङ २९ असोजमा बेसीशहरबाट हराए । आमा सरस्वती गुरुङले छोराको खोजी गरिदिन प्रहरीमा उजुरी दिएकी छिन् । तर उनको अत्तोपत्तो छैन । यी प्रतिनिधि घटना मात्र हुन् । यस्ता समस्या लमजुङमा प्रत्येक वर्ष बढ्दै गएको छ ।

लमजुङबाट वर्षेनी सयौंको संख्यामा महिला तथा बालबालिका हराउने गरेका छन् । हराएका मध्ये कमै मात्र भेटिन्छन् भने अधिकांश बेखबर छन् । हराएकाको अवस्था के छ भन्ने बारे सरकारी निकाय बेखबर छ ।

प्रत्येक वर्ष हराउनेको संख्या बढ्दो

जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷७६ मा १ सय २१ जना मानिस हराएका छन् । हराउनेमा ७३ जना महिला, २५ जना बालिका र ६ जना बालक छन् । यी मध्ये ५२ महिला, २० बालिका ४ र बालक भेटिएका छन् भने बाँकीको अत्तोपत्तो छैन् । आर्थिक वर्ष ०७४ ÷०७५ मा जिल्लाबाट ८० महिला र बालबालिका हराइसकेका छन् । जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ जना महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् । आर्थिक वर्ष ०७३÷७४ मा ९५ जना हराएका थिए । जसमा ६५ जना महिला, १३ जना बालक र १७ बालिका थिए । जसमध्ये अहिलेसम्म १६ महिला, ८ बालिका र ४ जना बालक मात्रै भेटिएका छन् । बाँकी ६७ जना अझै पनि सम्पर्कबाहिर रहेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धीसागर पुरीले बताए । ०७२÷७३ मा ४६ जना मानिस हराएका थिए । जसमध्ये महिला २८, बालक १० जना र बालिका ८ जना छन् । हराएकामध्ये ८ महिला, ३ बालक र ६ बालिका जना गरी १७ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म २९ जना सम्पर्कविहिन छन् ।

किन हराउँछन् ?

हराउनेमध्ये १५ देखि २८ वर्ष उमेर समूहका युवती बढी छन् । पछिल्लो समय पति विदेशमा भएका महिला हराउने क्रम बढेको छ । कतिपयले पतिले विदेशबाट पठाएको पैसासमेत लिएर हिड्ने गरेका छन् । शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलनाजस्ता कारणले गर्दा पनि मानिस बेपत्ता हुने गरेका प्रहरी निरिक्षक बसन्त पाण्डे बताउँछन् ।

प्रहरीको महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दु अधिकारीले महिला तथा बालबालिका हराउने संख्या बढ्दै जानु गम्भीर भएको बताइन् । हराउने क्रम बढ्नुमा प्रहरीले दिएको कारणबाहेक अरू पनि हुन सक्ने भन्दै यसको खोजी हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । मानव अधिकारकर्मी कृष्ण प्रसाद अधिकारीले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए । उनले भने विगतका वर्षदेखि नै लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।

हराउनेमा महिला र बालबालिका बढी

जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । आर्थिक वर्ष ०७५÷०७६ मा हराएका १ सय २१ मध्ये ७३ जना महिला रहेका छन् भने २५ जना बालिका र ६ जना बालक छन् । जिल्लाबाट एक वर्षमा १७ जना पुरुष हराएका छन् । हराएकामध्ये १३ पुरुष फेला परेका छन् भने ४ जना अझै सम्पर्कमा छैनन् । विगतका वर्षलाई हेर्ने हो भने पनि हराउनेमा महिला र बालबालिका नै बढी छन् ।

भेटिए पनि प्रहरीमा खबर गरिदैन

परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेका प्रहरी निरिक्षक पाण्डे बताउँछन् । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको हुन सक्ने उनको भनाइ छ । कतिपय महिला र किशोर किशोरीले भागी विवाह गर्छन् । महिला तथा बालबालिका केन्द्रकी प्रमुख नन्दु अधिकारीका अनुसार उमेर पुगेका विवाह भएका केहि युवती अन्यत्रै विवाह गरेर गएको हुनसक्ने देखिन्छ । घरबाट हिड्नासाथ प्रहरीमा उजुरी दिन्छन् । पछि अन्तै विवाह गरेर गएको थाहा पाएपछि प्रहरीको सम्पर्कमा आउदैनन् । प्रहरीमा परेका उजुरी हेर्दा वैदेशिक रोजगारमा गएका युवाको श्रीमती बढी देखिएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार हराएको निवेदन आएपनि फेला परेको जानकारी नआउने भएकालेपनि फेला पर्नेको सङ्ख्या नघटेको हो । प्रहरीले हराएका महिला तथा बालबालीकाको खोजीकार्य तिव्र पारीएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख अधिकारीले बताईन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.