१२ सय कर तिर्न १० हजार खर्च

१२ सय कर तिर्न १० हजार खर्च

जाजरकोट : खुद्रा पसल दर्ता गरेर पाँच लाख रुपैयाँ पुँजीबाट ब्यवसाय सुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ। पसलबाट घर ब्यवहार चल्छ। उनले भनिन्, ‘व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानु पर्दा भने कष्ट नै छ। जिल्लामै कर तिर्ने ब्यवस्था नहुँदा १२ सय कर तिर्न १० हजार खर्च गर्नुपर्छ।’

स्थायी लेखा नम्बर (पान) लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उनी जस्ता सानो व्यवसाय गरी गुजरा चलाउनेका लागि निकै सास्ती दिएको छ। यो क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकोले जिल्लाका ब्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्छ।

२० लाख सम्मको पुँजी राखेर ब्यवसाय गर्ने ब्यापारीले नगर क्षेत्रभित्र भए दुई हजार पाँच सय र गाउँपालिका भित्र भए १२ सय ५० रुपैयाँ वार्षिक कर बुझाउनु पर्छ। बारेकोट गाउँपालिका–५ का प्रकाश गिरीले खुद्रा पसल सञ्चालन गरेका छन्। उनले १२ सय ५० रुपैयाँ कर बुझाउन सुर्खेत जाँदा १० हजार रुपैयाँ भन्दा बढी खर्च भएको बताए।

बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहींबाट राजश्व बुझाउने ब्यवस्था मिलाउन उनीहरूको आग्रह छ। उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जिल्लामै कर बुझाउने ब्यवस्था मिलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। जिल्लामा तीन हजार ब्यवसायी पानमा दर्ता भएका छन्। उनीहरू सबै कर बुझाउन सुर्खेत वा जुम्ला जानुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.