अछाममा चट्याङ लागेर एकै घरका पाँच घाइते

अछाममा चट्याङ लागेर एकै घरका पाँच घाइते

अछाम : अछाममा चट्याङ लागेर एकै घरका पाँचजना घाइते भएका छन्। पञ्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोलाका रणबहादुर रावलको घरमा बुधबार राति चट्याङ परेको प्रहरीले जनाएको छ।

अबिरल वर्षासँगै परेको चट्याङ लागेर रावलका ३७ वर्षीया छोरातपबहादुर रावल, १७ वर्षीय मंगल रावल, ८ वर्षीय प्रकाश रावल, १४वर्षीय पवन रावल र ३७ वर्षीया देवसरा रावल रहेका छन्।

घाइतेहरुको पुल्लेतोला स्वास्थ चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये देवसरा र मंगलको अवस्था गम्भीर छ। त्यसैगरी नगरपालिकाको- ९ ढाकुका दिनेश कुमार शाहको गोठ छानोमा परेको चट्याङ लागेर ४ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.