फोर्स मर्जर’को पक्षमा छैनौँ : मन्त्री अर्याल
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले फोर्स मर्जरको पक्षमा सरकार नरहेको बताएकी छन् ।
नेपालमा अब १०/ १२ हजार सहकारी संस्था भए पुग्ने भन्दै भन्दै सहकारी मर्जर अभियान चलाउन लागिएको उनको भनाइ छ । नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार आयोजना गरेको ‘सहकारी मर्जर’ विषयक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको संमृद्विको अभियानमा टेवा पुग्ने उनको भनाइ छ ।
सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्यविधि बनाउन लागिएको बताइन् । गुणस्तरीयता र पारदर्शी सहकारी बनाउन मर्जर अभियान थालिने बताएकी छन् ।