चित्लाङमा पटकथा लेखन कार्यशाला

चित्लाङमा पटकथा लेखन कार्यशाला

चित्लाङ : मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा बुुधबारबाट पटकथा लेखन कार्यशाला सुरु भएको छ। पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन्।

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए। मन्त्री जम्कट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तरोन्नतिका लागि चिन्तित रहेको बताए।

‘फिल्म समाजको प्रतिविम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुर्‍याउँछ’, उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘तर यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ। हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौं। त्यसैले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तीव्रता दिने तरखरमा छौं।’

त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कसपले सहयोग पुर्‍याउने बताए। ‘हामीले नेपालमा विदेशी फिल्म लगभग विस्थापित गरिसक्यौं। अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं। यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पुर्‍याउने हो।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वर्कसपले भूमिका खेल्ने आशा व्यक्त गरे। ‘पटकथा फिल्मको मेरुदण्ड हो। यो बलियो भएन भने फिल्म बलियो हुन सक्दैन’, उनले भने, ‘त्यसैले म बोर्डबाहिर रहँदा पनि पटकथा लेखन एकदमै महŒवपूर्ण महसुस गर्थें। यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो।’

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० भन्दा बढी बलिउड फिल्म लेखेका छन्। उनले हिट हिन्दी फिल्महरू ‘बाजिगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नई एक्सप्रेस’ आदि लेखेका हुन्। त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्। ‘नेपाल आउने रहर पहिलादेखि नै थियो। आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु’, प्रशिक्षक भट्टले भने।

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन्। आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए। ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो। वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं’, उनले भने।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्नुपर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ। उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि एक लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए। कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा सात दिनसम्म चल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.