मोटरसाइकल र स्कुटर ठोक्‍किए : एकको मृत्यु, एक घाइते

मोटरसाइकल र स्कुटर ठोक्‍किए : एकको मृत्यु, एक घाइते

भक्तपुर : भक्तपुर- काठमाडौं ६ लेन सडकको मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटो खण्डमा मोटरसाइकल र स्कुटर एकापसमा ठोकिँदा शुक्रबार एकको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नयाँ ठिमीबाट काठमाडौं जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र नेपाल कोरिया मैत्री अस्पतालबाट ६ लेन सडक क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटी ठोक्‍किएका थिए।

ठक्‍करबाट घाइते मोटरसाइकल चालक मध्यपुर थिमि नपा ५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। उनका अनुसार स्कुटरका चालक भक्तपुर नपा ५ टौमढी बस्ने ३१ वर्षीय प्रवीण लोहला घाइते भएका छन्।

दुर्घटनालगत्तै घाइते दुवैलाई तत्काल उपचारको लागि गट्ठाघरस्थित मध्यपुर अस्पतालमा लगिएको उनले बताए। घाइते लोहलाको थप उपचार मध्यपुर अस्पतालमै भइरहेको उनले बताए । भक्तपुर प्रहरीका अनुसार दुवै सवारीसाधन महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.