हप्ता उठाउने २ जना प्रहरीविरुद्ध मुद्दा
काठमाडौं : सवारी साधानसँग पैसा (हप्ता) उठाउने दुई प्रहरीविरुद्ध विशेष अदालतले मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले पाँचखाल प्रहरी चौकी काभ्रेका प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध मुद्दा दायर गरेहको हो।
उनीहरुले मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा चेक गर्ने बहानामा प्रति सवारी साधान २ हजार रकम उठाउने गरेको थिए। मोटर साइकल गस्तीमा हिँड्ने क्रममा उनीहरुले दुई हजार घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो।
अनुसन्धानको क्रममा सेवाग्राहीलाई ट्रिपर रोक्न लगाई बालुवाबाट पानी चुहाएकोले पक्राउ गरी कारवाहीका लागि पठाउने भनी पक्राउ नगर्न उनीहरुले घुस लिएको पुष्टि भएको अख्तिायरले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, जरिवाना र कैदको सजायको मागदावीसहित आरोपपत्र दायर गरिएको छ।