राष्ट्रपति कृष्ण मन्दिरमा (फोटोफिचर )

राष्ट्रपति कृष्ण मन्दिरमा (फोटोफिचर )

ललितपुर :  राष्ट्रपति विद्यादेवी भण्डारी पाटनको कृष्ण मन्दिरमा पूजा-आराधना गरेकी छन्। 'श्रीकृष्णजन्माष्टमी'का अवसरमा शुक्रबार उनी पाटन पुगेकी हुन्।  

कडा सुरक्षा घेरामा साढे २ बजेतिर कृष्णमन्दिर पुगेकी राष्ट्रपति भण्डारी खुट्टामा समस्या भएकाले सिँडी नचढिकन आँगनमै पूजाअर्चना गरेकी थिइन्। राष्ट्रपतिको खुट्टामा समस्या भएकाले पुजारीहरु पूजाअर्चनाका लागि तल ओर्लेका थिए। 

ढुंगाका सानासाना सिँढी चढेर दोस्रो तलामा पुगेर पुजा गर्ने गरिन्थ्यो तर यो वर्ष पुजारीहरु तल ओर्लिएका थिए। राष्ट्रपतिको खुट्टामा समस्या देखिएकाले पुजारीहरु नै तल झरेको हुन्।

उनले करिब १५ मिनेटमा पुजाआजा सकेर फर्किसकेकी थिइन्। भूकम्पले  भत्किएको उक्‍त मन्दिर गतवर्ष पुननिर्माण सम्पन्न भएको थियो । मन्दिरको उद्घाटन तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनका अनुसार मन्दिरकाे तल र माथि सबैतिर पूजागर्ने चलन छ। गतवर्ष भण्डारीले माथि नै गएर पूजा गरेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.