कडा निमोनियाको संक्रमण

कडा निमोनियाको संक्रमण

ललितपुर : प्रदूषणका कारण कडा खालको निमोनियाका बिरामी बढेका छन्। धुवाँधुलो, प्रदूषण र ब्याक्टेरियाको विकासमा प्रतिकूल हावापानी हुनुले यस्ता समस्यामा वृद्धि भएको चिकित्सक बताउँछन्।

ललितपुरमा मात्र एक वर्षमा दुई हजार दुई सय ३४ जना कडा खालको निमोनियाको संक्रमित छन्। स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांकअनुसार ०७५/७६ मा यस्तो अवस्था देखिएको हो। ०७४/७५ मा एक हजार एक सय १७ र ०७३/७४ मा एक हजार सात सय २१ जनामा कडा निमोनियाको संक्रमण देखिएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले सामान्य निमोनियालाई घरमै औषधि खाएर निको पार्न सकिने बताए। तर, कडा खालको निमोनियाका लागि भने अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउन सक्छ। यस्तो रोगमा कोखामा हान्ने, सास फेर्दा गाह्रो हुनेलगायत समस्या देखिन्छन्।

०७५/७६ मा ७ हजार दुई सय ३० जना बिरामी बहिरंग विभागमा आएका थिए। त्यस्तै ०७४/७५ मा ५ हजार ५ सय ८८ र ०७३/७४ मा ७ हजार ८ सय ८६ जनामा सामान्य निमोनिया लागेको पाइएको छ।

गेलालले भने, ‘चिसो मौसम र उचित वातावरण मिल्नासाथ ब्याक्टेरियाको विकास हुन्छ। विशेषगरी सवारीबाट निस्किने धुवाँमा विभिन्न खालका केमिकल हुन्छ, यसले प्रतिरोधात्मक क्षमता घटाउँछ।’ दादुरा बिग्रियो भने पनि निमोनिया हुने उनले बताए।

भाइरल रुघाखोकीको ख्याल नगरेमा ब्याक्टेरियाको संक्रमण हुन्छ। तातोपानी, अदुवा, बेसार, नुन, तुलसी, मह, कागती, गेडागुडीको रस खाँदा रोगसँग लड्ने क्षमता बढाउने उनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.