प्रदेश लोकसेवा गठन गर्न विधेयक

प्रदेश लोकसेवा गठन गर्न विधेयक

हेटौंडा : प्रदेश ३ सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्न प्रदेशसभामा विधेयक दर्ता गरेको छ। विधेयक भदौ ८ गते बस्ने प्रदेशसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरले बताए। प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गर्दै विधेयक प्रदेशसभामा दर्ता गराएको थियो।

विधेयक पारित भए प्रदेश निजामती सेवा, अन्य सरकारी सेवा, स्थानीय सरकार सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान व्युरो, प्रदेश संगठित संस्थाको सेवा तथा स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा कर्मचारी छनौट आयोगले गर्न पाउनेछ।

आयोगमा कम्तिमा १ महिला हुने गरी अध्यक्षसहित ३ सदस्य हुने विधेयकमा उल्लेख छ। आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने प्रावधान छ।

आयोग अध्यक्षका लागि कम्तिमा २० वर्ष सरकारी सेवा गरेको ब्यक्ति हुनुपर्ने प्रस्ताव गरिएको छ। अध्यक्ष वा सदस्य हुन स्नातकोत्तर उपाधि प्राप्त गरेको, अध्यक्ष हुन ४५ वर्ष र सदस्य हुन ३५ वर्ष उमेर पुरा भएको हुुनुपर्ने प्रावधान छ। प्रदेश सरकार मातहत हुने निकायमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी प्रवेश गर्नको लागि आवश्यक पर्ने शैक्षिक योग्यता निर्धारण गर्न छुट्टै समिति बनाइने भएको छ।

प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयकसँगै प्रदेशसभा बैठकमा सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.