राधाकृष्ण रथ यात्रा : डोरी तान्नेको भिड
विराटनगर : सदा झै यस वर्ष पनि नेपालकै महत्त्वपूर्ण पर्वका रुपमा स्थापित ५२ औं धार्मिक श्री राधाकृष्ण रथयात्रा विराटनगरमा सुरु भएको छ।
कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथ यात्रा शनिबार सुरु भएको हो। रथ यात्रा अवलोकन गर्न पूर्वाञ्चलका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतको सीमा क्षेत्रबाट गाउँगाउँबाट आएर रथको रोडी तान्न भिड लागेको थियो।
रथयात्राको शुभारम्भ प्रदेश १ प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङ, विराटनगरका मेयर भीम पराजुलीसंगै समान्य प्रकाशनमन्त्री लालबाबु पण्डितलगायतले गरे।
५२ औं संस्करणको रथयात्रा दिउँसो करिब ४ बजे राधाकृष्ण मन्दिरबाट निकाएको थियो। मन्दिरबाट सुरु भएको रथले ७ किलोमिटर दुरी पार गर्दे साढे ४ घण्टामा पश्चात राधाकृष्ण मन्दिरको क्षेत्रमा पुगेको छ।
रथले ४० ठाउँमा विश्रामस्थल तोकिएको अध्यक्ष बावुराजा ओझाले जानकारी दिए। रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ। रथ निकाल्ने क्रममा हेलिकप्टरबाट पुष्प झारिएको थियो।
रथयात्रा भव्य रुपमा सम्पन्न गर्नका लागि १८ वटा उपसमिति निर्माण गरिएको छ। यात्रामा दुई सयभन्दा बढी झाँकी प्रदर्शनी गरिएको थियो। रथयात्राको अवलोकनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट विज्ञटोली ड्रोन क्यामेरासहित आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।