दुई महिनापछि प्रदेशसभा बैठक

दुई महिनापछि प्रदेशसभा बैठक

हेटौंडा : दुई महिनापछि आइतबार प्रदेश ३ को प्रदेशसभा बैठक बसेको छ। बैठकमा २ वटा नयाँ विधेयक पेश भएका छन्। ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको हो। 

प्रदेश लोकसेवा सम्बन्धी विधेयक मुख्यमन्त्री डोरमणि पौडेल र सार्वजनिक निजी सहकारी सम्बन्धी विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पेश गरेका थिए। 

बैठकमा २ वटा विधेयक संशोधनको लागि पेश भएको छ। प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ संशोधन गर्न बनेको विधेयक र सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनको लागि पेश भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

विषयगत समितिमा छलफल सकिएपछि प्रतिवेदनसहित प्रदेशसभा बैठकमा प्रदेश सूचनाको हक सम्बन्धी विधेयक र मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक पेश भएको छ।

बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य विशाल खड्का, लालकुमारी पुन, निमा लामा, केशवराज पाण्डे र राजकाजी महर्जनले बाढी पहिरोले अ–आफ्नो क्षेत्रमा गरेको क्षति र प्रदेश सरकारको भूमिकाबारे बोलेका थिए। सभामुख सानुकुमार श्रेष्ठले बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित गरेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.