६ लेनमा सर्भिस ट्रयाक खन्दा पर्खाल भत्कियो (फोटो र भिडियो)

६ लेनमा सर्भिस ट्रयाक खन्दा पर्खाल भत्कियो (फोटो र भिडियो)

भक्तपुर  :  मध्यपुर थिमि नगरपालिकाको लापरवाहीले राष्ट्रिय क्षयरोग केन्द्रको सुरक्षा पर्खाल भत्किएको छ।

भक्तपुर काठमाडौं ६ लेन सडकको सर्भिस ट्रयाक खोल्ने क्रममा लापरवाही हुँदा केन्द्रको सुरक्षा पर्खाल क्षतिग्रस्त बनेको हो। सुरक्षा पर्खाल ढलेसँगै केन्द्रको तालिम हल तथा निर्माणाधीन छाती रोग पुनःस्थापना केन्द्रसमेत जोखिममा परेको छ।

सर्भिस ट्रयाक खन्दा तालिम हलको जगसमेत देखिएको छ। एकसय शैय्याको छातीरोग पुनःस्थापना केन्द्र हाल सुरक्षा पर्खाल ढलेको ठाउँबाट एकसय फिटमात्रै माथि छ। 

नगरपालिकाले करिब ३० फिट भिरालो ठाउँ खनेर सर्भिस ट्रयाक खोलेको छ। केन्द्रको सुरक्षा पर्खालको जगभन्दा २० फिट तल सर्भिस ट्रयाक खोल्दा करिब १० फिट पर्खाल ढलेको हो। ढलेको पर्खालले सर्भिस ट्रयाकलाई अवरुद्ध पारेको छ। उक्त ठाउँबाट वर्षाको पानी बगेर आउँदा सर्भिस ट्रयाक थुनेर पोखरीसमेत बनेको छ। वर्षाको पानीले उक्त ठाउँमा थप पहिरो जाने सम्भावना बढाएको छ।

सुरक्षा पर्खालसँगै केन्द्रको लागि ल्याइएको भूमिगत विद्युतको तारसमेत बगाएको छ। केन्द्रका अनुसार तारमा विद्युत प्रवाह भने हुँदैन। 

केन्द्रको बाँकी सुरक्षा पर्खाल कुनै पनि बेला ढल्ने अवस्थामा छ। पर्खालका जगै देखिएका छन्। पर्खाल ढलेर छुट्टिएको एक भाग भिरालो ठाउँमा झुण्डिएको अवस्थामा छ। जसले सर्भिस ट्रयाक भएर हिँड्नु जोखिमपूर्ण छ।

मध्यपुर थिमि नगरपालिकाले गएको वैशाखमा मध्यपुर थिमी ४ नयाँ ठिमीस्थित केन्द्र हुँदै शंखधर चोक पुग्ने करिब दुईसय मिटर सर्भिस ट्रयाक खोल्ने कार्य सुरु गरेको थियो। ६ लेन सडक बनाउने क्रममा उक्त भाग ठाडो भिरालो रहेको र उक्त भिरालो जग्गामै क्षयरोग केन्द्र रहेकाले सर्भिस ट्रयाक नखोली छाडिएको थियो।

नगरपालिकाले सर्भिस ट्याक खोल्ने नाउँमा केन्द्रको पर्खालसम्म डोजर लगाएको केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए।
‘मध्यपुर थिमि नपाले कुनै जानकारी नदिइकन केन्द्रको भवन र सुरक्षा पर्खालसम्म डोजर लगायो’, उनले भने, ‘हामीले त्यसो नगर्न भन्दाभन्दै नपाले जबरजस्ती ग¥यो। फलस्वरुप असारमा सुरक्षा पर्खाल नै ढल्यो।’

उनले सडक विभागअन्तर्गत ६ लेन सडक हेर्ने निकायमा समेत नगरपालिकाले लापरवाहीपूर्ण कार्य गरेको जानकारी दिएको सुनाए।

‘म आउनुअघि नगरपालिका र केन्द्रबीच छातीरोग पुनःस्थापना केन्द्र निर्माणका क्रममा केही विवाद भएको रहेछ’, उनले थपे, ‘त्यहींकारणले नगर प्रमुखले केन्द्रमाथि पूर्वाग्रही ढंगले क्षति पु¥याउने कार्य गर्नुभएको हामीलाई लागिरहेको छ।’

मध्यपुर थिमि नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले भने आयोजनालाई उक्त सर्भिस ट्रयाक खोल्न पटकपटक आग्रह गरिँदा पनि सुनुवाइ नभएपछि गएको वैशाखमा नपा आफैले ट्रयाक खोलेको सुनाए।

‘क्षयरोग केन्द्रले मिचेको थियो ६ लेन’
उनले राष्ट्रिय क्षयरोग केन्द्रले तत्कालीन अरनिको राजमार्गको मापदण्ड मिचेर तालिम हल तथा सुरक्षा पर्खाल बनाएको जिकिर गरे। त्यसैले तत्कालीन आयोजनाले ६ लेन सडक बनाउँदा उक्त सर्भिस ट्रयाक खोल्न नसकेको उनको भनाइ थियो।

‘राष्ट्रिय क्षयरोग केन्द्र बनाउने पनि जापान सरकारको सरकारी सहयोग यिोग जाइका थियो’, प्रमुख श्रेष्ठले भने, ‘६ लेन सडक विस्तार गर्ने पनि त्यहीं जाइका थियो। आफैले बनाएको केन्द्रले सडक मापदण्ड मिचेको खुल्ने डरले त्यसबेला सर्भिस ट्रयाक नखोलिएको अहिले आएर थाहा भयो।’

‘केन्द्रको तालिम हल र सुरक्षा पर्खालले ६ लेन सडकको तीन मिटर मापदण्ड मिचेको छ’, प्रमुख श्रेष्ठले भने, ‘त्यसैले सर्भिस ट्रयाक बनाउने क्रममा भत्काइएको हो। बाँकी सुरक्षा पर्खाल पनि भत्काउँछौं।’

प्रमुख श्रेष्ठले ६ लेन बनाउने र क्षयरोग केन्द्र बनाउनेगएको आर्थिक वर्षमा उक्त सर्भिस ट्रयाक खोल्न ९५ लाख रुपैयाँ छ्टयाए पनि ४२ लाखमात्रै खर्च गर्न सकिएको सुनाए।

केन्द्रको जग्गासम्म ट्रयाक खोलेर छोडिएको छ। केन्द्रभन्दा पूर्व सार्वजनिक जग्गातिर भने पिल्लरसहितको सिमेन्टको टेवा पर्खाल लगाएर अपूर्ण छोडिएको छ। सोही पर्खाललाई चालू आर्थिक वर्षमा पूरा गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

हिजो समस्यै थियो : आयोजना
भक्तपुर काठमाडौं ६ लेन सडक हेर्ने सडक विभागअन्तर्गतको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले हिजो समस्या भएरै राष्ट्रिय क्षयरोग केन्द्रको तालिम हलदेखि शंखधर चोकसम्म सर्भिस ट्रयाक नखोलिएको स्पष्ट पारे। आयोजनाका प्रमुख सूर्यबहादुर भाटले हिजो समस्या भएर सर्भिस ट्रयाक नखोलिएको स्पष्ट पारे।

‘त्यहाँ सर्भिस ट्रयाक खोल्न हिजो समस्या थियो भनियो तर के समस्या थियो भन्नेबारे स्पष्ट भएन’, उनले भने, ‘तैपनि मध्यपुर थिमि नपाले सर्भिस ट्रयाक खोल्ने बताएपछि हामीले हुन्छ भनेका हौं।’

राष्ट्रिय क्षयरोग केन्द्रले भने केन्द्रको तालिम हल र सुरक्षा पर्खाल सडक मापदण्डमा परेको भन्ने कुराको खण्डन गरेको छ। केन्द्रका निर्देशक डा. राजभण्डारीले सरकारको स्वीकृतिमा जापान सरकारले सडक मापदण्ड मिचेर केन्द्र बनाएको कुरामा आफूलाई विश्वास नभएको सुनाए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.