प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन दवाव

प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन दवाव

हेटौंडा : सत्तापक्ष नेकपाका प्रदेशसभा सदस्यहरुले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नाम छिटो टुङ्गो लगाउन सभामुख र सरकारलाई दवाव दिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै उनीहरुले अस्थायी राजधानीका कारण अस्थायी मानसिकताले काम गर्दा जनताले प्रदेश सरकारको अनुभूति गर्न नपाएको बताए । 

नेकपा प्रदेश ३ की इन्चार्जसमेत रहेकी प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले तत्काल प्रदेशको स्थायी राजधानी टुङ्गो लगाउनुपर्ने बताइन् । नेकपाका अर्का सांसद लक्ष्मण लम्सालले संविधानले दिएको अधिकार प्रदेशसभा सदस्यहरुले प्रयोग गर्न पाउनुपर्ने माग गरे । 

बैठकमा बोल्दै नेकपाकी प्रदेशसभा सदस्यहरु वेलीमाया घले, रत्न ढकाल, चन्द्रकुमार लामा, नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य बिजुला वर्मा राणाले तत्काल स्थायी राजधानी टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन माग गरेका थिए । 

विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारे चासो व्यक्त गरेका थिए । उनीहरुले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानविन गर्न दिनुपर्ने बताए । बैठकमा ४ वटा विधेयकहरु माथि सैद्धान्तिक छलफल भएको थियो । बैठक भोलि मंगलबार बिहान ११ बजेसम्मको लागि सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.