उपल्लो मुस्ताङ जोड्ने पक्की पुल सम्पन्न, दोहोरो ट्र्याक खुल्ला

उपल्लो मुस्ताङ जोड्ने पक्की पुल सम्पन्न, दोहोरो ट्र्याक खुल्ला

मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालिगण्डकी  पक्की मोटरेबल पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुलको कालिगण्डकी करिडोर, स्थानीय जनप्रतिनिधि र मुस्ताङ प्रशासनको रोहबरमा पुलको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । यसअघि भदौ १ गते उद्घाटन गर्ने भनीएको पुल कालिगण्डकी नदी कटानका कारण स्थगित भएको थियो ।

बाढीले बन्दै गरेको पुलको आरसिसी पुल जोड्ने एप्रोज माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुगेको थियो । करिडोर सडकले नदी कटानले क्षति पुर्‍याएको संरचना ३ वटा डोजर परिचालन गरेर १२ दिनमा पुलको दुईतर्फी ट्र्याक खुलाइएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण कालिगण्डकी पक्की पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज हुने भएको छ । यसअघि कालिगण्डकी नदीमा पुल नहुँदा वर्खाको समय वारपार गर्न मुस्किल थियो । मुस्ताङ गेटमा सञ्चालनमा आएको पुलले राहत प्रदान गरे पनि कागबेनीमा निर्माणधिन २५ मिटरको पुल निर्माण भने ढिलाए भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.