बन्दै गरेको रंगशालाको खाल्डोमा डुबेर बालकको मृत्यु
ताप्लेजुङ : मदन भण्डारी रंगशाला निर्माण गर्ने क्रममा बनेको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा मदन भण्डारी रंगशाला निर्माणाधिन छ।
मृत्यु हुनेमा स्थानीय १५ वर्षीय मनकुमार चोङवाङ छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिं थापाका अनुसार मंगलबार मनकुमारसहित तीनजना रंगशाला निर्माणस्थलको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका थिए ।
सोहि क्रममा डुबेर दिउँसो २बजेतिर उनको मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ।