विद्यालयमा प्रअ र व्यवस्थापन समिति अध्यक्षबीच विवाद

विद्यालयमा प्रअ र व्यवस्थापन समिति अध्यक्षबीच विवाद

विराटनगर : विराटनगर महानगरपालिका-११ पञ्चमुखी चोकको अरुणोदय अधारभुत विद्यालयका प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी नै नदिइ भवन निर्माण गरेपछि विवाद उत्पन्न भएको छ। 

समाजिक विकास मन्त्रालय प्रदेश १ ले अनुदान दिएको १० लाखबाट गरेको भवन निर्माण र विराटनगर महानगरपालिकाले दिएको ३ लाख आर्थिक सहयोगमा गरेको मर्मत कार्य आफूलाई जानकारी नै नदिएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष सीतो सहनीले आपत्ति जनाएका छन्।

प्रअ ज्ञानेन्द्र खड्गाले आफूलाई जानकारी नदिइ काम गरेको व्यवस्थापन समितिका अध्यक्ष सीतो सहनीको आरोप छ। 'समाजिक विकास मन्त्रालयले भौतिक निर्माण अन्तर्गत दिएको १० लाखको काम गर्दा मेरो अनुपस्थितिमा निर्णय गरेर ठेक्कामा लगाए। तीन महिनादेखि प्रअ खड्गाले कुनै पनि मिटिङमा समेत मलाई बोलाएनन्', अध्यक्ष सहनीले बताए।

स्थानीय तहको निर्वाचनपछि वडा अध्यक्षको सिफारिसमा भोलेन्टियरमा एक शिक्षक राखेपछि नै अध्यक्ष सहनी र प्रअ खड्काबीच विवाद देखिँदै आएको थियो। 

प्रअ खड्काले भने अध्यक्षलाई बैठकमा बोलाउँदा नआउने गरेको बताएका छन्। उनले भने, ‘अध्यक्ष बैठकमा आउँदैनन्, अनि विद्यालयमा आएको अनुदानलाई खर्च गर्न वडा अध्यक्षको अध्यक्षतामा बैठक बसेर काम गरेँ।' 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.