प्रदेश जिम्माका सडक अलपत्र

प्रदेश जिम्माका सडक अलपत्र

ललितपुर : संघले प्रदेशलाई हस्तान्तरण गरेका ललितपुरका सातवडा सडक अलपत्र छन्। प्रदेश अन्तर्गत ३७ वटा योजना सञ्चालनमा छन्। तीमध्ये सातवटा सडकको काम अगाडि बढ्न नसकेको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दीपककुमार दासले जानकारी दिए।

सुनाकोठी–चौतारा–कृष्णमन्दिर–नखु, लामाटार–लुभु–गोदामचौर, बालकुमारी–टीकाथली, महालक्ष्मी क्याम्पस–खहरे, रातोमाटे–कालेश्वर–ढुंखर्क–पनौती, चक्रपथ–बालकुमारी–टीकाथली, गोदावरी–ढुंगाछान–मुलपानी, बगुवा–प्युटार–आश्राङ– गिम्दी सडक अलपत्र छन्।

सुनाकोठी–चौतारा–कृष्णमन्दिर–नखुखोला सडकको लम्बाई केबल नौ सय मिटर मात्रै छ। एक करोड ७४ लाख रुपैयाँ लागतमा बन्ने भनिएको यो सडकमा सव–वेस बनाउने काम सकिएको छ। यो सडकमा एक करोड चार लाख रुपैयाँ खर्च भइसकेको छ।

लामाटार–लुभु–गोदामचौर जोड्ने घुम्ती सडक पनि बनेको छैन। करिब एक हजार मिटर लम्बाई रहेको यो सडक बनाउन दुईवटा ठेक्का दिइएको छ। एक करोड २६ लाख रुपैयाँमा बन्ने भनिएको सडकको काम खासै अगाडि बढेको छैन।

त्यस्तै चक्रपथ–बालकुमारी–टीकाथली सडकको अवस्था पनि उस्तै छ। यसखण्डमा पर्ने एक किलोमिटर सडक बनाउन एक करोड २६ लाख रुपैयाँ छुट्याइएको छ।

महालक्ष्मी नगरपालिकाको महालक्ष्मी क्याम्पस–खहरे सडकका लागि एक करोड रकम दिइएको थियो। करिब २५ लाख खर्च भए पनि देखिएको खालको काम भएको छैन। रातोमाटे–कालेश्वर–ढुंखर्क–पनौती सडकका लागि पनि एक करोड २६ लाख रुपैयाँ छुट्याइएको छ। यो सडकमा केही काम भए पनि भुक्तानी निकासा भने भएको छैन।

प्रदेश आफैंले बनाउन तम्सिएका सडकको पनि हालत उही छ। प्रदेशअन्तर्गत ठेक्का लागेका गोदावरी–ढुंगाछान–मुलपानी सडकको चार सय मिटरमा केही काम भए पनि ढलान भएको छैन। यो सडक निर्माणका लागि एक करोड रुपैयाँ छुट्याइएको छ।

बगुवा–प्युटार–आश्राङ – गिम्दी खण्डको १० किलोमिटर सडक बन्ने अत्तोपत्तो छैन। सडक निर्माणका लागि गत जेठमा अमर कन्स्ट्रक्सनले ठेक्का पारेको थियो।उसले डेढ वर्षका काम सकाइसक्नुपर्ने छ। टेण्डरको म्याद असारदेखि लागू भइसकेको छ।

समयमै सडक बन्न नसक्दा दुर्गमका जनता मारमा परेको बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले बताए। गत असारमा लगातार पानी परेपछि यहाँका सबै जसो सडक पहिरोले बगाएका छन्। जिम्मेवार पक्षले अवरुद्ध सडक खुलाउने काममा खासै चासो नदिएको गुनासो जनताको रहेको उनको भनाइ छ। लोप्चनले भने, ‘बगुवा सडकखण्डको कान्ति लोकपथमा पहिरोले कारण मकवानपुर र ललितपुरको सम्बन्ध स्थापित भएको छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.