विप्लवका पूर्वजनसरकार प्रमुख नेकपा प्रवेश
ताप्लेजुङ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पूर्वजनसरकार प्रमुख विजयसिंह लिम्बु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।
नेकपा ताप्लेजुङले बुधबार औपचारिक कार्यक्रम गरेर लिम्बुलाई पार्टी प्रवेश गराएको हो। प्रदेशसभा सदस्य लक्ष्मी अङछङवो, जिल्ला अध्यक्ष विजयप्रकाश बनेमलगायतले लिम्बुलाई पार्टीमा स्वागत गरे।
प्रहरीले लिम्बुलाई साउन २२ गते फक्तङलुङ गाउँपालिकास्थित घरैबाट पक्राउ गरेको थियो। उनी भदौ १० गते छुटेका थिए। ‘विभिन्न अरोप खेपेर हिरासतमा बस्न सकिन,’ लिम्बुले भने,‘अब पुरानै पार्टीमा फर्किएको छु।’
विप्लव समूहका पछिल्ला गतिविधि आफूलाई मन नपरेको र सो पार्टीमा रहँदा पनि सरकार पक्षको निगरानीमा बस्नु पर्ने हुँदा समस्यामा परेकाले पार्टी परित्याग गरेको उनको भनाइ छ।