उत्तम विकल्प ‘सीएसआईटी’

उत्तम विकल्प ‘सीएसआईटी’

कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढ्दा आफूलाई राम्रो हुन्छ ? कुन विषयले छिटो रोजगारी दिलाउँछ ? विश्वमा कुन विषयसँग प्रतिस्पर्धा बढी छ ? यस्ता विषयमा अनभिज्ञ हुँदा विद्यार्थी अन्योलमा पर्ने गरेका छन्। त्यसकारण, उक्त अन्योललाई समाधान गर्न कक्षा ११ र १२ मा विज्ञान पढेका र कम्प्युटरप्रति रुचि भएका विद्यार्थीलाई एउटा राम्रो विकल्पको रूपमा ‘बीएस्सी सीएसआईटी’ विषय रहेको छ।

एमबीबीएस तथा इन्जिनियरिङको तयारी गरिरहेका विद्यार्थीको प्रवेश परीक्षामा नाम ननिक्लिएपछि प्राइभेट पढ्न खर्चले नभ्याउने कारण उनीहरूका लागि पनि राम्रो विकल्पको रूपमा सीएसआईटी रहेको छ।

के हो ‘बिएस्सी सीएसआईटी’ ?

बीएस्सी सीएसआईटी ब्याचलर अफ साइन्स इन् कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी हो। यो स्नातक तहअन्तर्गतको कम्प्युटर साइन्स र आईटीबारे अध्ययन गर्ने कोर्स हो। यसमा कम्प्युटर सिस्टम, एप्लिकेसन, डेभलपमेन्ट र प्रोगामिङबारे सिकाइन्छ। यो विषय पढेका विद्यार्थीले अनुसन्धान साथै एप्लिकेसनको पनि अध्ययन गर्छन्।

कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नवराज पौडेल भन्छन् ‘विश्वका धेरै कम्प्युटरसँग सम्बन्धित प्रोग्राम भनेको कि कम्प्युटर विज्ञानको मात्र छ कि इन्फरमेसन सिस्टमको मात्र छ। हामीले दुवै कुरालाई एकै ठाउँमा ल्याएर नयाँ तरिकाले बनाएको प्रोग्राम हो सीएसआईटी।’

कस्तो विद्यार्थीले पढ्न पाउँछन् ?

कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेको विद्यार्थीले गणित र फिजिक्स पढेको हुनुपर्ने, कक्षा ११ र १२ मा सी ग्रेडसम्म ल्याएको, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले लिने प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ।

कस्तो कोर्स ?

यो स्नातक तहअन्तर्गतको चार वर्षको कोर्स हो। यसमा आठ सेमेस्टर हुन्छन्। यो त्रिभुवन विश्वविद्यालयले २०६४ सालमा तयार पारेको कोर्स हो। सीएसआईटीका लागि त्रिविले आफ्ना आंगिक क्याम्पसलगायत प्राइभेट क्याम्पसलाई पनि सम्बन्धन दिएको छ।

खर्च कति ?

विभागीय प्रमुख पौडेल भन्छन् ‘त्रिविका आंगिक क्याम्पसहरूमा दुई लाखदेखि तीन लाख ५० हजारको हाराहारीमा पढ्न सकिन्छ।’

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक देवी घिमिरेका ‘अनुसार प्राइभेट क्याम्समा नौ लाखसम्ममा पढ्न पाइन्छ। कुनै क्याम्पसले भने १७ लाखसम्म पनि लिने गरेका छन्।’

छात्रवृत्ति र कोटा

सबै प्राइभेट र आंगिक कलेजमा सबै विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने त्रिविमा नियम रहेको बताउँछन् विभागीय प्रमुख पौडेल छ। यसमा कोटा भने दुई हजार पाँच सय वटा रहेको छ।

काम गर्न सकिने क्षेत्र ?

पौडेलका अनुसार ‘कम्प्युटरले नछोएको क्षेत्र छैन। जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिन्छ। यो क्षेत्रमा उत्पादन भएका मेनपावरले कहाँ काम गर्छन् भन्दा पनि कहाँ काम गर्दैनन् भन्नु पर्नेछ।’

विशेषगरी सफ्टवेयर डेभलपमेन्ट नै हो यसको काम गर्न सकिने क्षेत्र। यो बाहेक सरकारी कार्यालय (गाउँपालिका, नगरपालिका), बैंक, मोबाइल एप्लिकेसन, आईटी उद्योग, आईटी अनुसन्धान आदिमा काम गर्न सकिन्छ।

सफ्टवेर डेभलपर, वेभ डेभलपर, नेटवर्क एडमिनिस्ट्रेटर, डाटाबेस, प्रोजेक्ट म्यानेजर, टेक्निकल राइटर, डाटाबेस अपरेटर आदिको रूपमा काम गर्न सकिन्छ। प्रोग्रामिङहरू बनाएर स्वदेशमा बसेर विदेशमा बेच्न पनि सकिन्छ।

पढ्नको लागि एप्लाई कसरी गर्ने ?

यही भदौ ९ गतेसम्म प्रवेश परीक्षाको फर्म भर्ने अन्तिम समय रहेको छ। दोब्बर दस्तुरमा भदौ १६ गतेसम्मको समय रहेको छ। १५ सय रुपैयाँमा यो फर्म भर्न सकिन्छ। नाम निस्केपछि त्रिविको सम्बन्धन प्राप्त जुनसुकै निजी र सरकारी क्याम्पसमा पढ्न सकिन्छ।

यसको परीक्षा त्रिविले नै लिन्छ। परीक्षा भदौ २७ गते छ। परीक्षामा फिजिक्स, क्यामेस्ट्री, म्याथ र अंग्रेजी विषयका प्रश्नहरू आउँछन्। प्रश्नहरू भने सबै वस्तुगत हुन्छन्। ३५ नम्बर आए उत्तीर्ण गर्न सकिन्छ भने परीक्षाको समयावधि दुई घण्टाको हुन्छ।

विषयप्रति विद्यार्थीको रुचि ?

देवी भन्छन् ‘सुरुमा जानकारीको अभावमा विद्यार्थीहरू धेरै थिएनन्। तर अहिले प्रवेश परीक्षाभन्दा पहिले नै आफ्नो सिट बुक गर्न पैसा डिपोजिट गर्छन्। प्रवेश परीक्षामा फेल भए पैसा फिर्ता लिएर जान्छन्।’

एम्बिसन कलेजमा दोस्रो वर्षमा अर्थात् चौथो सेमेस्टरमा पढ्ने रञ्जन भट्टराई भन्छन् ‘यो जमाना कम्प्युटरको हो। विश्वमा प्रतिस्पर्धाको लागि पनि यो विषय राम्रो छ।’ पढेर सकेपछि स्वदेशमा रोजगारी पाउन सकिने उनको जिकिर छ।

कुन कुन क्याम्पसमा पढ्न सकिने ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सम्बन्धन प्राप्त कलेज उपत्यकामा चारवटा छन्।

अमृत साइन्स क्याम्पस, ठमेल

पाटन मल्टिपल क्याम्पस, पाटन

भक्तपुर मल्टिपल क्याम्पस, भक्तपुर

पद्मकन्या क्याम्पस, काठमाडौं

यस्तै प्राइभेट क्याम्पसहरूमा

काठफोर्ड इन्टरनेसनल कलेज, ललितपुर

न्यु समिट कलेज, काठमाडौं

सेन्ट जेभियर्स, माइतीघर

प्राइम कलेज, काठमाडौं

एनसीसीएस कलेज अफ आईटी एन्ड म्यानेजमेन्ट, काठमाडौं

अर्चिड इन्टरनेसनल कलेज, काठमाडौं

सेन्ट लरेन्स कलेज, काठमाडौं

मदन भण्डारी मेमोरियल कलेज, काठमाडौं

नागार्जुन कलेज अफ इन्फरमेसन टेक्नोलोजी, काठमाडौं

हिमालय कलेज अफ इन्जिनियरिङ

सगरमाथा कलेज अफ एन्ड टेक्नोलोजी, ललितपुर

टेक्सास इन्टरनेसनल कलेज, काठमाडौं

एबोरडिन इन्टरनेसनल कलेज, ललितपुर

बर्नहार्ट कलेज, काठमाडौं

एकेडेमिया इन्टरनेसनल कलेज, ललितपुर

एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, काठमाडौं

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी, काठमाडौं

एम्बिसन कलेज, काठमाडौं

कलेज अफ एप्लाइड बिजनेस, काठमाडौं

हेनरी फोर्ड, काठमाडौं

समृद्धि कलेज, भक्तपुर

स्वस्तिक कलेज भक्तपुर

एसियन कलेज कमलादी ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार

उपत्यका बाहिर

नेपथ्य कलेज बुटवल

निस्ट कलेज बनेपा

श्री सिद्धनाथ साइन्स क्याम्पस, महेन्द्रनगर

वीरेन्द्र मल्टिपल क्याम्पस, भरतपुर

रामस्वरूप रामसागर मल्टिपल क्याम्पस, जनकपुर

बुटवल मल्टिपल क्याम्पस, रूपन्देही

पृथ्वीनारायण क्याम्पस, पोखरा

मेची मल्टिपल क्याम्पस, झापा

महेन्द्र मल्टिपल क्याम्पस, नेपालगन्ज

भैरहवा मल्टिपल क्याम्पस, रूपन्देही

महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, मोरङ

वीरेन्द्र मेमोरियल, धरान

श्रीयन्त्र क्याम्पस, दमक

नेसनल इन्फोटेक, वीरगन्ज

निहारिका कलेज, विराटनगर

एम्स कलेज, विराटनगर

हिमालय दर्शन कलेज, विराटनगर

विराट मल्टिपल क्याम्पस, विराटनगर

विराट क्षितिज, विराटगर

गोदावरी कलेज, इटहरी

हेटौंडा सिटी कलेज, हेटौंडा

इन्द्रेणी कलेज, चितवन

लुम्बिनी भोकेसनल कलेज, गैंडाकोट

माउन्ट अन्नपूर्ण कलेज, पोखरा

सोच कलेज अफ आईटी, पोखरा

तिनाउ प्राविधिक कलेज, बुटवल

एम्बिकेशवरी क्याम्पस, दाङ

बाँके बागेश्वरी कलेज, नेपालगन्ज

सामाजिक कलेज, भरतपुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.