जोमसोम विमानस्थलमा वारुणयन्त्र

जोमसोम विमानस्थलमा वारुणयन्त्र

मुस्ताङ : मुस्ताङको जोमसोम विमानस्थलमा वारुणयन्त्र (दमकल)को व्यवस्था हुने भएको छ। विमानस्थल परिसर तथा जोमसाम अवतरण हुने जहाज तथा हेलिकोप्टरको संम्भावित क्षति न्यूनीकरण गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले वारुणयन्त्र ल्याउन लागेको कार्यालय प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए। 

‘नागरिक उड्यन प्राधिकरणले वारुणयन्त्र नभएका विमानस्थललाई वारुणयन्त्र पठाउन खोजेको हो। जोमसोममा पनि छिट्टै वारुणयन्त्र पठाउने प्राधिकरणको योजना छ’, उनले भने। उनले चालु आर्थिक वर्षभित्रै वारुणयन्त्र मुस्ताङ आइपुग्ने दावी गरे।

वारुणयन्त्र व्यवस्थापन तथा यसको प्रयोगका लागि जोमसोममा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने कार्यालय प्रमुख कोइरालाले उल्लेख गरे। उनले वारुणयन्त्रका लागि फायर सेट भवन र यसको उपयोगकर्ता २ जना कर्मचारी पनि थपिने जनाए।

समून्द्री सतहदेखि करिव २५ सयमिटर अग्लो उचाइमा रहेको जोमसोम विमानस्थलमा हालसम्म आगोलागी भएको रेकर्ड छैन। वारुणयन्त्र उपलब्धपछि फायरिङबाट हुने संम्भावित जोखिम न्युनीकरण हुने उनले दावी गरे। 

मुस्ताङका ५ वटै स्थानीय तहमा वारुणय छैन। सदरमुकाम जोमसोममा केही आगोलागीका घटना पनि भएका थिए। यहाँका बस्तीमा आगो नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीलाई कठिनाइ हुँदै आएको छ। वारुणयन्त्र नहुँदा धेरै धनजनको क्षति भएको छ। नागरिक उड्यन कार्यालय उडान समयबाहेक अन्य समय आगोलागी  भएमा कार्यालयले वारुणयन्त्र उपलब्ध गराउन सक्ने उनले बताए।

हिमाली जिल्ला मुस्ताङका अधिकांश घरमा छतमाथि दाउरा राख्ने चलन छ।  यहाँ उत्तरी हावाहुरी चल्ने भएकाले पनि आगलागीको संम्भावना उत्तिकै छ। लस्करै जोडिएका घरमध्ये एक घरमा आगो लागेमा वस्तीमा फैलिन सक्ने भएकाले छिटो छरितो आगो नियन्त्रण गर्ने यन्त्र आवश्यक भएको जामसोमका स्थानीयबासीको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.