१२ वर्षपछि जापान उडान भर्दै नेपाल एयरलायन्स, १३४ यात्रु बोकेर उड्दै वाइडबडी

१२ वर्षपछि जापान उडान भर्दै नेपाल एयरलायन्स,  १३४ यात्रु बोकेर उड्दै वाइडबडी

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौं–जापान सिधा उडान बिहीबारदेखि गर्ने भएको छ। निगमको वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राती २:३० बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तराष्ट्रिय विमानस्थलमा जाने भएको हो। 

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार टिकट काटेका ८० यात्रु र बुकिङ गरेका पाँच जनासहित ८५ जना यात्रु तय भएको छ। टिकट काटेका यात्रुबाहेक राज्यमन्त्री धनबहादुर बुढासहितका सांसद, निगमका कर्मचारी, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायीसहित ४९ जना जापान जाने गरी उडान तालिका तय भएको मिश्रले बुधबार साँझ अन्नपूर्णलाई जानकारी दिए। 

निगमले १२ वर्षपछि जापान उडान सुरु गरेको हो। अहिले काठमाडौंबाट सिधै जापान जादैँ छ। आजा राती ११:३० बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गराइँदै छ। पहिलो पटक जापानमा निगमले सिधा उडान गरेको अवसरमा काठमाडौंबाट जाने र जापानबाट आउने हवाइ यात्रुमध्ये १-१ जनालाई लक्की ड्र मार्फत एक वर्षभित्र प्रयोग गर्न सकिने गरी दुईतर्फी टिकट दिइने पनि मिश्रले बताए। 

निगमले सबै यात्रुका लागि एक महिनासम्म समान भाडादर कायम गरेको छ। निगमका अनुसार एक महिना प्रवद्र्धनात्मक भाडादरबाटै उडान गरिने छ। यस्तो भाडा दरमा काठमाडौं जापानको दुईतर्फी भाडादर ७२ हजार ८१४ रुपैयाँ  र एकतर्फी भाडादर ३७ हजार रुपैयाँ तोकिएको पनि निगमका सहप्रवक्ता मिश्रले जानकारी दिए। 

निगमले हरेक बिहीबार, शनिबार र मंगलबार जापानको ओसाकामा नियमित उडान गर्ने भएको छ। काठमाडौंबाट साढे दुई बजे उडेको निगमको २७४ सिट क्षमताको वाइडबडी साढे ६ घन्टामा जापान पुग्ने छ। निगमले लामो दूरीको उडान क्षमता भएको वाइडबडी खरिद गरेको एक बर्षपछि उडान गर्दै छ। निगमका अनुसार जापानको स्थानीय समय अनुसार ११:५५ बजे पुग्ने छ। ओसाकाबाट १:५५ बजे उडेको जहाज काठमाडौंमा सोही दिन बेलुकी ६ बजे आइपुग्ने पनि निगमले जानकारी दिएको छ। 

निगमका अनुसार बिहानको साढे दुई बजे उडेको जहाज जापान पुगेर यात्रु ओराल्ने र दुई घण्टामै फर्कने भएकोले सोही दिन बेलुका काठमाडौं आइपुग्छ। पहिलो उडानमा जापानबाट काठमाडौं आउन ७० जनाले टिकट काटेको निगमले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.