सफाइ पाएपछि उच्च अदालत पाटन पुगे सन्दीप लामिछाने (फोटो फिचर)
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। सफाइ पाएलगत्तै उनी उच्च अदालत पाटन पुगेका हुन्।
यसअघि बहस सकिएर उनी अदालतबाट बाहिरिएका थिए। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै लामिछानेलाई सफाइ दिएको हो।
सफाइ पाएलगत्तै अदालत आसपास सन्दीपका समर्थकहरूले खुसीयाली साटेका छन्। उनीहरूले पञ्जेबाजासहित खुसीयाली मनाइरहेका छन्।