यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं : मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ छ। पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। रातमा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
शुक्रबार मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार पनि देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।