खरिदारले खाए सवा लाख घुस
काठमाडौं : मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले सवा लाख घुस लिएका छन्। जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिदाँ लिँदै उनलााई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।