लागुऔषधसहित राम पक्राउ

लागुऔषधसहित राम पक्राउ

राजविराज : सशस्त्र प्रहरीले ठूलो परिमाणको लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ। बोदे बर्साइन नगरपालिका-८ काचनका ३५ वर्षे शत्रुधन राम ठूलो परिमाणको लागुऔषधसहित  पक्राउ परेका हुन्।

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ रामलाई पक्राउ परिएको सशस्त्र प्रहरी बल सुरक्षा बेस बोदे बर्साइनले जनाएको छ। रामको साथबाट पाँच-पाँच सय एम्पुल फेनारगन, डाइजील्याप र नर्फिन नामक लागुऔषध तथा चार किलो इन्जेक्सनसी पक्राउ गरिएको बेस प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक बौवाबहादुर आले मगरले बताए।

सशस्त्र प्रहरी बल सुरक्षा बेस बोदे बर्साइनका सशस्त्र प्रहरी सहायक निरीक्षक उमाकान्त चौधरीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा रामले बोकेको झोलाबाट लागुऔषध फेला पारेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.