वारागुङ मुक्तिक्षेत्रमा पार्किङ विवाद : स्थानीयको दबावपछि टेन्डर स्थगित

वारागुङ मुक्तिक्षेत्रमा पार्किङ विवाद : स्थानीयको दबावपछि टेन्डर स्थगित

मुस्ताङ: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित रानीपौवा बसपार्कको पार्किङ ठेक्‍का टेन्डर विवाद चुलिदै गएको छ । गाउँपालिकाले तोकेको अन्तिम टेन्डर खसाल्ने मिति शुक्रबार भएपनि स्थानीयको डेलिगेसन तथा व्यापक दबावपछि गाउँपालिकाले अनिश्चितकालका लागि पार्किङ टेन्डर स्थगित गरेको गाउँपालिकाले जनाएको छ।

गत श्रावण ३१ गते गाउँपालिकाले भदौ १३ गते अन्तिम मिति रहने गरी सूचना प्रकाशित गरेको थियो। मुक्तिनाथ रानीपौवाका करिब ७० जना स्थानीयले प्लेकार्ड र ब्यानरसहित गाउँपालिकाको एकलौटी निर्णयप्रति आपत्ति जनाउँदै गाउँपालिकामा विरोध र धर्ना दिएका थिए ।

पुराङ रानीपौवाका स्थानीय एवं जनप्रीय युवाक्लबका सल्लाहाकार सुरज गुरुङले गाउँपालिकाले स्थानीयस्तरमा समन्वय र छलफल नगरी मनोमानी रुपमा पार्किङ टेन्डर खुलाएको बताए । उनले भने सदियौंदेखि गाउँले भोग चलन गर्दै आइरहेको  जग्गामा गाउँपालिकाले एकलौटी निर्णय गरेको उल्लेख गरे । उनले पार्किङ कसरी र कसलाई दिने भन्ने अधिकार सम्बन्धित गाउँकै अधिकार क्षेत्रमा पर्ने दावी गरे।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले गाउँपालिकाले आह्वान गरेको पार्किङ टेन्डर स्थानीयको विरोधपछि आकस्मिक गाउँसभाको बैठकले स्थगित गरेको जानकारी दिए।'गाउँपालिकाले तोकेको मितिमा कुनै टेन्डर खसेन । सहमतीबाटै निकास खोजौं भन्ने स्थानीयको माग रह्यो ।यसको अन्तिम निर्णय छिट्टै गाउँसभाले टुङ्गो लगाउँछ,' उनले भने ।उनका अनुसार स्थानीयले पार्किङ टेन्डर गाउँलेले आह्वान गर्ने र यो विषयमा स्थानीय तहले हस्तक्षेप गर्न नमिल्ने पुराङवासीको छ।

पुराङवासीले परापूर्वकालदेखि पूर्खाहरुले विभिन्न गाउँमा आ-आफ्नो ठाउँका चरनक्षेत्र, वन,खाली जग्गा सम्बन्धित गाउँले नै भोग चलन गर्ने गरी विभाजन भएको र त्यही जगका आधारमा त्यो हक र अधिकार गाउँलेले उपयोग गर्दै आइरहेको पुराङ डेलिगन टोलीको माग पत्रमा उल्लेख भएको प्रशासकीय अधिकृत रेग्मीले खुलाए।

मागपत्रमा भोग चलन तथा संरक्षण स्थानीय गाउँ समाजले गर्दै आइरहकाले पार्किङ कसरी व्यवस्थित गर्ने भन्ने अधिकार सम्बन्धित गाउँकै रहेको स्थानीयको अडान छ। संघीयतापछिको पहिलो वर्षमा पनि गाउँपालिकाले मुक्तिनाथ पार्किङ टेन्डर आह्वान गर्दा स्थानीयले विरोध जनाएका थिए । स्थानीयको दबावका बीचमा गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो। गत वर्ष गाउँपालिकाले ५ लाख २५ हजारमा पार्किङ ठेक्का लगाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तुलबहादुर कार्कीले पार्किङ टेन्डरमा आएको विरोध प्रर्दशन शान्तिपूर्ण भएको जानकारी दिए । उनले गाउँलेले पार्किङको उपयोग गाउँलेले निर्णय गर्ने र गाउँपालिकाले हस्तक्षेप गर्न नमिल्ने माग भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.