गाईगोरुको बिजोग

गाईगोरुको बिजोग

टीकापुर : गाई दुहुनो भएसम्म पाल्ने। गोरु हलो तानेसम्म मात्र स्याहार्ने। नत्र सडकमा अलपत्र छाड्ने। यस्तो प्रवृत्ति बढेको विश्व हिन्दू एकता परिषद् कैलालीका अध्यक्ष लक्षीराम रिमालको ठम्याइ छ।

‘गाईले दूध दिन छाडेपछि सडकमा ल्याएर छाड्छन्’, उनले भने, ‘सडकमा छाडिएका गाईले अरूको खेती खान्छन्। खेतीवालाले गाई लखेट्छन्। धारिलो हतियारले प्रहार गर्छन्। गाईको अवस्था दयनीय छ।’

कैलाली र कञ्चनपुरबाट गाई, गोरु भारतसमेत पुर्‍याइन्थ्यो। स्थानीय हाटबजारसम्म भारतीय व्यापारी आउँथे। तर, भारतमा गाईगोरु लैजान रोकिएको व्यवसायी रामकृष्ण चौधरीको भनाइ छ। उनका अनुसार टीकापुरस्थित हाटबजारबाटै हप्तामा सयौं गाई भारत लगिन्थ्यो। बिक्री नहुँदा सडकमा छाड्ने गरेको उनको भनाइ छ।

भजनी नगरपालिका–५ लालबोझीका गणेश बुढाले केही छाडा चौपाया भारतबाट भित्रिएको बताए। ‘सबै उतैबाट आएका त छैनन्’, उनले भने, ‘दैनिक केही संख्यामा उताबाट आउने गरेका छन्।’ कैलालीका गोदावरी, घोडाघोडी, लम्कीचुहा, भजनी र टीकापुर नगरपालिकासहित केही गाउँपालिकाले सामुदायिक वनमा गाई व्यवस्थापनको पहल गरेका थिए। एक वर्षसम्म पनि काम अगाडि बढेको छैन।

टीकापुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको बजेटसमेत कटौती गरेको छ। अघिल्लो वर्ष २० लाख छुट्ट्याइएको थियो। यसपटक १० लाख मात्रै विनियोजन भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य अक्कल माझीको संयोजकत्वमा छाडा पशु चौपाया व्यवस्थापन समिति गठन गरिएको थियो। समितिले दुई वर्षमा टीकापुरबाट ९ सय ८३ वटा छाडा चौपाया अन्यत्र पठाएको छ। संयोजक माझीका अनुसार ७० वटा गाई चितवन र बाँकी पहाडी जिल्लातर्फ पठाइएका थिए। उनका अनुसार नगरपालिकाले गौशाला बनाएर ४ सय चौपाया व्यवस्थापन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.