कालिगण्डकी नदीमा र्‍याफ्टिङ परीक्षणको तयारी

कालिगण्डकी नदीमा र्‍याफ्टिङ परीक्षणको तयारी

जोमसोम : सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' सफल पार्ने उद्देश्यले उपल्लो मुस्ताङको कालिगण्डकी नदीमा पहिलो पटक जलक्रिडा कार्यक्रम (र्‍याफ्टिङ) हुने भएको छ। गण्डकी प्रदेशका सांसद ईन्द्रधारा विष्टको पहलमा गण्डकी प्रदेशले १६ गते सोमबार जलक्रिडा गर्ने तय गरेको हो।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको छुने सुम्दादेखि वारागुङ मुक्तिक्षेत्रको मुस्ताङ गेटसम्मको करिब ३० किलोमिटर दुरीमा जलक्रिडा सम्भाव्यता अध्ययन तथा नमूना परीक्षण हुने सांसद ईन्द्रधारा विष्टले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको आयोजनामा नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्न जलक्रिडा गरिन लागिएको सांसद विष्टको भनाई छ।

उपल्लो मुस्ताङको कालिगण्डकी नदीमा हुने जलक्रिडा कार्यक्रममा सरिक हुन गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ मुस्ताङ आउने भएका छन्। मन्त्री गुरुङकै रोहबरमा जलक्रिडा सुरु हुने सांसद विष्टले बताए।

यसका लागि लागि नेपाल पर्यटन बोर्ड तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाएको छ। जलक्रिडाका लागि कर्णाली र्‍याफ्टिङको टोली मुस्ताङ आउने भएका छन्।

नयाँ पर्यटकीय गन्तब्यको खोजीका लागि आयोजित उक्त जलक्रिडाको नमूना परिक्षण सफल भएको खण्डमा  यसको थप पूर्वाधार विकासका लागि गण्डकी प्रदेश तथा स्थानीय तह मिलेर गुरुयोजनाका साथ अघि बढ्ने सांसद बिष्टको भनाई छ।

उपल्लो मुस्ताङको छुने सुम्दादेखि मुस्ताङ गेटसम्मको कालिगण्डकी नदीको तटीय क्षेत्रको भूगोल। फोटो सौजन्यः ईन्द्रधारा बिष्ट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.