बागमतीमा र्‍याफ्टिङ गर्दै चिरिबाबु

बागमतीमा र्‍याफ्टिङ गर्दै चिरिबाबु

ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुपन्डोलदेखि चोभारको सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरेका छन् । बागमती सफाइ अभियान अन्तर्गत तीन सय २९ औं साता पुगेको अवसरमा अभियन्ताहरुले उक्त कार्यक्रमको आयोजना गरेको हुन्।

र्‍याफ्टिङ गरेर सुन्दरीघाट पुगेका महर्जनले बागमतीमा पहिलोपटक र्‍याफ्टिङ गर्दा फरक अनुभव गरेको बताए । ‘अरु ठाउँमा धेरै र्‍याफ्टिङ गरेको छु तर बागमतीमा फरक अनुभव गरेँ’, उनले भने, ‘निकै रमाइलो भयो, अलि-अलि थकाइ पनि लाग्यो । ’

महर्जनले बाग्मतीलाई सफा बनाएर सधैं यसरी नै र्‍याफ्टिङ गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रचुर सम्भावना रहेको बताए । र्‍याफ्टिङ गर्न अहिले चुनौतीजस्तो देखिए पनि गुरुयोजना बनाएर काम गर्न सके सम्भव भएको उनले बताए । कार्यक्रममा उनले बाल्यकालमा देखेको र अहिलेको बागमतीको धेरै पटक तुलना गरे।

बागमती कुरुप  र दुर्गन्धित हुनुमा अव्यवस्थित सहरीकरण नै मुख्य कारक भएको उनको भनाइ छ । बागमती वरिपरिका फोहोर संकलन गर्दै उनले बागमतीको संरक्षणसँग मानिसको जीवन जोडीएको सुनाए।

सफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा बागमती सफाइ अभियन्ताहरु पुगेका थिए ।  सफाइ अभियानमा अधिकार सम्पन्न बागमती समिति, मुक्तिनाथ विकास बैंक, नेपाल सिर्जनशील समाज लगायतका संघसंस्थाले हातेमालो गरेका छन्।

आयोजक किशोरसिंह शाहीले बागमतीमा सधैं जलयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको बताए । नदी संरक्षण समितिका अध्यक्ष मेघ आलेले र्‍याफ्टिङ गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.