मिथिलामा चौरचन पर्व : कलंक हटाउने संयोग

मिथिलामा चौरचन पर्व : कलंक हटाउने संयोग

विराटनगर : मिथिलामा चौरचन पर्व मनाइँदै छ। संकटबाट बचाउने र कलंक हटाउने पर्वको रुपमा सोमबार चौरचन मनाइएको हो।  

भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात साढे दुई घण्टा गरिने चन्द्रमाको पूजालाई नै चौरचन भन्ने चलन छ। चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलंक पनि हटाउने विश्वास छ।  

दिनभरी व्रत बसेर सा“झपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाई लगायतका प्रसादहरु राख्ने गरिन्छ।  मुकुटसहित चन्द्रमातिर बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने परम्परा रहेको जानकारहरु बताउँछन्। 

परिवारको सदस्य संख्या जति छ त्यति नै पकवानयुक्त डाली र  दहीको छा“छी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राख्ने परम्परा छ। एक–एक डाली, दही, केराको घरी उठाएर मन्त्रले प्रत्येक व्यक्तिले  हातमा फललिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने गरेको पण्डित महेन्द्र ठाकुरले बताए।  

पर्वमा दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति भइने विश्वास छ। चन्दमाको दर्शन गरी प्रदÔिणा गरेपश्चात चन्द्रमण्डलमा  राखिएको प्रसादलाई उपस्थित पुरुÈले  चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ। 

चौरचन पर्वको दिनभरी नै मिथिलाका महिलाहरु पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहने गरेको रहन्छन्। कुशे औशीदेखि नै दही, डाली–छा“छीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन्। चौरचनको दिन चन्द्रमा केही समय अस्त हुन्छ। 

ईसं १६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर–घरमा गराएपछि यसको रौनक बढेको मैथली सेवा समितिका पूर्वमहासचिव प्रवीणनारायण चौधरीले बताए। चन्द्रमाको आराधनाले धेरैको मनोकामना पूरा हुन्छ भन्ने विश्वास भएकाले मिथिलामा यसलाई विशेष पर्वको रुपमा मनाउने चलन रहेको चौधरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.