सात ठाउँमा वायु गुणस्तर मापन केन्द्र थपिँदै

सात ठाउँमा वायु गुणस्तर मापन केन्द्र थपिँदै

काठमाडौं : बढ्दो वायु प्रदूषण मापन गर्न सरकारले थप सात स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने भएको छ। चालु वर्ष मुलुकको विभिन्न स्थानमा वायु गुणस्तर मापन यन्त्र राख्ने तयारी गरेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए। देशभर १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी वायुको गुणस्तर मापन गरिँदै आएको छ। ‘सात स्थानमा मापन केन्द्र स्थापना गरी उपकरण राख्ने तयारी गरिरहेका छौं’, उपमहानिर्देशक जोशीले भने, ‘कहाँ-कहाँ राख्ने विषयमा टुंगो लागिसकेको छैन।’

विभागका अनुसार काठमाडौं उपत्यकामा रत्नपार्क, शंखपार्क, भैंसेपाटी, पुल्चोक, सैनिक आवासीय विद्यालयमा वायु गुणस्तर मापन केन्द्र छ। त्यस्तै, उपत्यकाबाहिर धुलिखेल, दमक, झुम्का, धनकुटा, सिमरा, सौरहा, लुम्बिनी, दाङ, सुर्खेत, नेपालगन्ज र पोखरामा तीन वटा मापन केन्द्र राखिएको छ। प्रदूषणको अवस्था थाहा भएपछि प्रदूषण कम गर्न नीति, नियम बनाउन दबाब हुने विज्ञहरू बताउँछन्।

वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ। आइतबार बेलुका गरिएको मापनअनुसार सबैभन्दा बढी प्रदूषण काठमाडौंमा देखाइएको छ। देशभरको वायु प्रदूषणको अवस्था मापदण्डभन्दा कम मापन भएको वायु प्रदूषण अनुगमन शाखाले जनाएको छ। नेपालले बनाएको मापदण्डमा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटर छ। काठमाडौंस्थित अमेरिकाको राजदूतावासमा स्थापना गरिएको मापन केन्द्रले आइतबार पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक प्रदूषण रहेको मापन गरिएको छ।

सरकार, निजी क्षेत्र, सरोकारवाला निकाय, उपभोक्ता सबै प्रतिवद्धतासाथ लाग्ने हो भने प्रदूषण नियन्त्रण गर्न सकिने वातावरणविद् भूषण तुलाधरले बताए। ‘सबै निकायसँग इच्छाशक्ति हुने हो भने कम गर्न सकिन्छ’, तुलाधरले भने, ‘एकीकृत कार्यक्रम ल्याई कार्यान्वयनमा सबै जुट्ने हो भने प्रदूषण न्यूनीकरण गर्न सकिन्छ।’

वायु प्रदूषण न्यूनीकरणका लागि सरकारी र गैरसरकारी निकायबाट हुने गरेको प्रयासको अप्रभावकारिता छ। खासगरी दीर्घकालीन सोच अभावमा बनेका कार्यक्रमले परिणाम दिन सकेका छैनन्। तथ्यांकअनुसार वायु प्रदूषण ३८ प्रतिशत गाडीबाट निस्कने धुवाँ, २५ प्रतिशत धुलो, १८ प्रतिशत कृषि र ११ प्रतिशत इँटाभट्टाबाट निस्कने धुवाँमार्फत हुने गरेको छ। यसबाहेक घरबाट निस्कने फोहोर, डढेलो र उद्योगधन्दाको धुवाँले वायु प्रदूषण गर्छ। अस्तव्यस्त सडक, सवारीसाधन तथा विभिन्न उद्योग वायु प्रदूषणका मुख्य स्रोत हुन्। अव्यवस्थित उद्योग तथा कलकारखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मत, धुवाँ, स्वास्थ्य संस्थाबाट निस्कने फोहोर, घरबाट निस्कने फोहोरले गर्दा वायु प्रदूषण बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.